व्यवसाय दर्तामा ५० प्रतिशत छुट

ललितपुर । महालक्ष्मी नगरपालिकाले महिला, आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्तिलाई चालु आर्थिक वर्ष २०७८/७९ मा व्यवसाय दर्ता शुल्क तथा वार्षिक करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

नियमित कर बुझाइरहेकालाई चालु आवको कर सुरु भएको पहिलो तीन महिना आउँदो असोज मसान्तभित्र लाग्ने रकमको १० प्रतिशत र अर्को पुस मसान्तभित्र बुझाउन आउनेलाई पाँच प्रतिशत छुट दिइने छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जारी गरेको सूचनामा सो जानकारी दिइएको छ ।

यसैगरी परम्परागत घरेलु उद्योग ढाका, सुकुल र भाँडाकुँडाको व्यवसाय गर्नेलाई वार्षिक करमा २५ प्रतिशत छुट दिनाका साथै हालसम्म नगरपालिकामा व्यवसाय दर्ता नगरेकाले असोज मसान्तभित्र गरेमा लाग्ने राजस्व रकममा २५ प्रतिशत र कात्तिकदेखि पुस मसान्तसम्म दर्ता गरे १० प्रतिशत छुट दिइने जनाइएको छ । त्यसैगरी नगरपालिकाले गत आर्थिक वर्षको कर बुझाउन बाँकी रहेकालाई यही भदौ मसान्तसम्म वक्यौता बुझाउन आएमा नियमानुसार लाग्ने जरिवानाबापतको रकम छुट दिइनेसमेत जनाइएको छ ।

MANASLU

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...