व्यवस्था फेरियो तर खेलकुद क्षेत्रको अवस्था फेरिएन : सांसद पहारी

पोखरा, ५ माघ

सम्मान कार्यक्रममा बोल्दै प्रदेश सांसद राजिव पहारीले वल्र्ड वडि विल्डिङ च्याम्पीयनसीका स्वर्ण पदक बिजेता महर्जनलाई युनिभर्सल च्याम्पीयनसीपमा सहभागि हुन लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्नुपर्ने बताए । त्यसका लागि आफूले पनि पहल गर्ने उनले आश्वासन दिए । सांसद पहारीले राजतन्त्र फालेर गणतन्त्र ल्याएपनि खेलकुदमा कुनै सुधार नभएको टिप्पणी गर्दै भने,‘राजनीतिक आन्दोलनले व्यवस्था फेरियो तर खेलकुद क्षेत्रको अवस्था फेरिएन ।’ उनले खेलकुदका संघसंस्थालाई दलहरुले कार्यकर्ता भर्ती केन्द्र बनाएको अरोप लगाउँदै त्यस्तो परिपाटी बन्द गर्नुपर्ने बताए ।

अर्का प्रदेश सांसद विन्दुकुमार थापाले वडि विल्डिङका स्वर्ण बिजेता महर्जन नेपालको गौरव भएको बताए । उनले शारिरिक तन्दुरुस्ती र स्वस्थताका लागि जीम जानु आवश्यक रहेको बताए ।

कार्यक्रममा मेगा जिमको प्रथम वार्षिकोत्सव तथा महर्जनले स्वर्ण पदक जितेको खुशीयालीमा केक काटेर सेलिब्रेसन गरिएको थियो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.