व्याकुल माइलालाई आदिकविमा सम्मान

तनहुँ ,२१ माघ
राष्ट्रगानका रचयिता प्रदिप कुमार राई (व्याकुल माइला)ले राष्ट्रगानले देशलाई जोडेको र राष्ट्रियतालाई अझ मजवुद पारेको बताएका छन् । सोमबार आदिकवि भानुभक्त क्याम्पसले आयोजना गरेको सम्मान कार्यक्रममा राईले सो कुरा बताएका हुन् । राष्ट्र भनेको जनता र राष्ट्रियता भनेको जनताको मनभित्र रहेको देशप्रतिको माया हुने हो उनले भने । जीविकोपार्जनको लागि अन्नपूर्ण वेसक्याम्पमा भरियाको काम गरेको आफ्ना संघर्षपूर्ण विगतलाई सम्झँदै राईले सफल जीवनका लागि विद्यार्थीहरुलाई गम्भिरतापुर्वक अध्ययनमा लाग्न विद्यार्थीहरुलाई सुझाव दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै नागरिक दैनिकका वरिष्ठ संवाददाता अमृत भादगाउँलेले सर्जकले सम्मान पाउँदा सृजनाले ठाउँ पाउने बताए । राष्ट्र गितका रचयिता जनताको कवि भएको उनको भनाइ थियो ।  कार्यक्रममा तनहुँका पर्यटनविद् हरिसिं गुरुङ्गले समुदायको व्यवस्थापनमा सञ्चालित आदिकवि भानुभक्त क्याम्पसले हासिल गरेको उचाईले उच्च शिक्षामा तनहुँलाई चिनाउन सफल भएकोमा खुशी व्यक्त गरे ।

क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको परिचय गराउनुका साथै क्याम्पसको तर्फबाट राईलाई मायाको चिनो प्रदान गरेका थिए । क्याम्पसका कक्षा ११ र १२ कार्यक्रमका संयोजक चिरञ्जिवि वस्नेतले अतिथिहरुलाई मालाले स्वागत गरेका थिए ।
कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख सदाखर तिमल्सेना, विभाग प्रमुखहरु, शिक्षक तथा कर्मचारीहरु, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.