व्याडमिण्टनमा केसी र मगरको जोडी विजयी

 

पोखरा, ३ मंसिर ।

सातौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको व्याडमिण्टन प्रतियोगितामा व्यवसायी समुहका सूर्यबहादुर केसी र सोममाया मगरको जोडी विजयी भएका छन् । प्रतियोगितामा कर सहयोगी समुहका सुदिप अधिकारी र विजय यादवको जोडीले द्धितिय स्थान हाँसिल गरे ।

मुस्तानचोकको सिरमोर बुल्स क्लवमा भएको डबल्स प्रतियोगितामा कर्मचारी, व्यवसायि, लेखा परिक्षक र कर सहयोगीका १० जोडीले भाग लिएका थिए । विजयी खेलाडीलाई आगामी शुक्रबार समापन समारोहमा पुरस्कृत गरिने प्रतियोगिताका संयोजक समेत रहेका आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत उद्धव न्यौपानले जानकारी दिए ।

You might also like

Comments are closed.