व्यापार मेलाको आफ्नो छुट्टै महत्व छ

विन्दुकुमार थापा
सांसद, गण्डकी प्रदेश
पूर्व अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ

पोखरा मेला महोत्सवको राजधानी नै भने पनि हुन्छ । यहाँ हिउँद लागेदेखि मेला/महोत्सव निरन्तर भइरहन्छ । राष्ट्रिय औद्योगिक व्यापार मेलाको आफ्नो छुट्टै महत्व छ । यसले आर्थिक क्रियाकलापहरुलाई चलायमान गराउने गर्दछ । उद्योगबाट उत्पादित सामग्री उपभोक्तासँग जोड्नका लागि यो मेला महत्वपूर्ण छ । मेलाले उद्योगलाई टेवा गर्नुका साथै उपभोक्तालाईसमेत सस्तोमा सामान पाउने वातावरण बनाएको छ ।

पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने यो मेलाले संस्कृतिको जगेर्ना गर्नपनि भूमिका खेलेको छ । जातजातिहरुको संस्कृतिलाई प्रदर्शन गर्न पनि योगदान छ । पर्यटनको राजधानी पोखरा भएकाले यसको विकासका लागि पनि मेलाले महत्वपूर्ण योगदान दिन्छ । मेलालाई सफल पार्न पोखरा उद्योग वाणिज्य संघसँगै यहाँका विभिन्न सामाजिक संस्थासंस्थाहरु पनि भूमिका खेल्नुपर्छ ।

(पोखरा उद्योग वाणिज्य संघद्वारा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलाका सन्दर्भमा गरिएको कुराकानीको आधारमा)

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...