व्यापार मेलाको समापनमा लोकदोहोरी र पञ्चेबाजाको फाइनल, विटुवि र विटुसि मिटिङ सम्पन्न

आर्थिक आवाज
पोखरा, २७ पुस । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको सोमबार समापन हुँदैछ । मेला समापनअघि मेलामा जारी लोकदोहोरी तथा पञ्चेबाजा प्रतियोगिताको फाइनल हुनेछ । दोहोरी गीत प्रतियोगिताको फाइनलमा दाजु बहिनी समूह काठमाण्डौ र लोकदोहोरी प्रतिष्ठान गण्डकी भिड्दैछन् ।‘मेला समापनको कार्यक्रम साँझतिर आयोजना गरिनेछ । मेलाअन्तर्गतका अन्य गतिविधिहरु जारी रहने आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए । संघका महासचिव अर्जुन पोखरेलका अनुसार आइतबारसम्म करिब ९० हजार जनाले मेलाको अवलोकन गरेका छन् ।

मेलाअन्तर्गत आयोजना गरिएको खुल्ला नृत्य प्रतियोगिता अमृता सुनार पहिलो गणेश तामाङ दोस्रो विवश जलन्धर तेस्रो र सरिता दानकोटीले सान्त्वना पुरस्कार प्राप्त गरे । उनीहरुले क्रमशः २०,१५,१०,५ र २ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट नृत्य निर्देश राहलु थापा घोषित भए । उनलाई पनि नगद २ हजार , मेडल र प्रमाणपत्र दिइयो । पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, पोखरा महानगरपालिकाको संरक्षण, नेपाल पर्यटन वोर्ड, आइएमई ग्रुप तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने उद्घोषसहितको मेला पुसको २८ गतेसम्म जारी रहने छ ।

समृद्धि स्टिल्स मेलाको मुख्य प्रायोजक हो भने शिव शिखर कृषि सहकारीको उपकार ब्राण्डले मेलाको सहप्रायोजन गरेको छ ।मेलासँग नेपाल टेलिकम,गरिमा विकास बैंक ,एनएमबि बैंक,गोल्छा अर्गनाइजेसन,एनआइसी एसिया बैंक,कुमारी बैंक,हिमश्री फुड्सको रारा चाउचाउ,बरुण बेभरेज,विजय डिष्टिलरी,हाइलाइफ फुड प्रोडक्ट,सगरमाथा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, बंगलामुखी एम्युजमेण्ट प्रालि पनि मेलाका विभिन्न सहयोगी विधामा जोडिएका छन् ।मेलाको हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्ट रहेको छ । मेलाको प्रवेश टिकटमा दैनिक लक्की ड्रमार्फत प्रदान गरिने उपहारको लागि हनुमान प्याराग्लाइडिङ प्रालि,स्काई बर्ड प्याराग्लाइडिङ प्रालि तथा द सोनिका अटोमार्ट प्रालिसँग सहकार्य भएको छ ।

आइतबार पप तथा सुगम संगीतका चर्चित हस्ती प्रमोद खरेल र सन्तोष बस्यालले दर्शक तताए । लोकदोहोरीतर्फ सीता परियार, राजु गुरुङ,शान्ति डोटेल,सुनिता नेपाली,माधव चापागाईँ, दीपक गदाल, सुरेश राना मगरको प्रस्तुति पनि जोडदार रह्यो । चम्सुरी र दाह्री बाको हाँस्य प्रहसनले पनि दर्शक हँसायो । सोमबार पपतर्फ ओम गुरुङ तथा लोकदोहोरीतर्फ शर्मिला गुरुङ, रेनु केसी, पूजा गुरुङ,तारानाथ आचार्य, टेक क्षेत्री, ज्ञानेश्वर क्षेत्री लगायतको प्रस्तुति रहनेछ । आइतबार प्रवेश टिकटमा लक्की ड्रमार्फत प्याराग्लाइडिङ उडान ४० रुपैयाँतर्फको टिकट नम्बर १५७५ लाई र ६० रुपैयाँतर्फको टिकट नम्बर १०६१८ लाई तथा ३२ इञ्चको टिभी उपहार १८८९३ नम्बरको टिकट लिएर मेला प्रवेश गर्ने पर्वत धाइरिङका सागर गिरिले प्राप्त गरेको टिकट व्यवस्थापन उपसमिति संयोजक बलराम आचार्यले जानकारी दिए । सागरलाई मेला परिसरमै आयोजित कार्यक्रममा टिभी उपहार प्रदान गरियो ।

मेलामा वि टु वि र वि टु सि मिटिङ

पोखरा उद्योग वाणिज्य संघले मेलाको दौरानमा आइतबार वि टु वि र वि टु सि मिटिङको पनि आयोजन ग¥यो । व्यवसायी–व्यवसायी तथा व्यवसायी र क्रेताबीच भएको सो कार्यक्रमको सहजिकरण घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाका शाखा अधिकृत जगन्नाथ पाण्डेले गरेका थिए । उनले उत्पादकले क्रेताको मनोभावना र चाहना अनुसारका उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

बिक्रेताहरुबीचको सम्बन्धले पनि व्यापार बढ्ने उनको भनाई थियो । कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराले उद्यमशीताल सिकाउनु तथा व्यवसायीहरुमा प्रतिष्पर्धी क्षमताको विकास गराउन संघले मेलाको दौरान कार्यक्रम आयोजना गरेको जानकारी दिए । कार्यक्रम संयोजक तथा संघकी उपमहासचिव चिनुकुमारी गुरुङले आफ्ना उत्पादन तथा सेवाको गुणस्तर कायम गराउन सके व्यवसाय बिस्तार हुने धारणा राखिन् । संघका कार्यसमिति सदस्य बलराम आचार्यले सहभागिलाई धन्यवाद दिँदै उनले यस्ता कार्यक्रमहरु व्यवसायीको माग अनुसार संचालन गर्दै जाने बताए ।

You might also like

Comments are closed.