व्यापार मेलामा पञ्चेबजा र लोकदोहोरी प्रतियोगिता

आर्थिक आवाज
पोखरा, ४ पुस । पोखरामा पञ्चेबाजा र लोकदोहोरीको राष्ट्रियस्तरको प्रतियोगिता हुने भएको छ । यही पुस १८ देखि २८ गतेसम्म पोखरामा हुने ‘राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६’को अवसरमा उक्त प्रतियोगिता गर्न लागिएको हो । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मेला हुँदैछ ।

प्रतियोगिताको तयारीलाई तिब्र बनाइएको सांस्कृतिक उपसमिति संयोजक सोवित पौडेलले जानकारी दिए । ‘लोप हुन लागेको संस्कृति बचाउँदै नयाँ प्रतिभा उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो,’ पौडेलले भने ।

खुल्ला नृत्य प्रतियोगिता पनि राष्ट्रियस्तरको हुने पौडेलले जानकारी दिए । लाइभ कन्सर्ट, फेशन सो, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र पुष्प प्रदर्शनी र अटोमेलासमेत मेलाको आकर्षण बन्ने संघको विश्वास छ ।

मेलालाई समृद्धि स्टिल्सले मुख्य प्रायोजन गरेको छ । सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड छन् । मेलाको तयारीलाई तिब्र बनाइको अध्यक्ष संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए । मेलामा २ सय ७० वटा स्टल रहनेछन् । स्टलहरु बुकिङ हुने क्रम जारी रहेको प्रथम उपाध्यक्ष नारायण कोइरालाले जानकारी दिए ।

You might also like

Comments are closed.