व्यापार मेला जारी, ६५ हजार दर्शक, सामानमा विशेष छुट, शनिबार पंगेनी आउँदै

पोखरा, २५ पुस । हिमशिखर कृषि सहकारीको उपकार ब्राण्ड पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको सहप्रायोजक हो । हिमशिखरले दैनिक उपभोग्य बस्तुदेखि पानी तान्ने पम्पसम्म उत्पादन र बिक्री गर्छ । २२ सयभन्दा बढीलाई रोजगारी दिएको सहकारीले प्रदर्शनी केन्द्रमा स्टल पनि राखेको छ । सहकारीको स्टलबाट उपकार ब्राण्डका सामानहरु बिक्री गर्दा विशेष छुटको व्यवस्था गरेको छ ।

सहकारीका प्रबन्ध निर्देशक सुशील बानियाँका अनुसार उपकार ब्राण्डको २० किलोग्राम बास्मती चामल किन्दा आधा किलो घ्यू उपहार राखेको छ भने जिरा मसिनो चामल किन्नेलाई १ लिटर तेल उपहार दिएको छ । स्टलमा रहेका सबै सामानहरु किन्दा छुटको व्यवस्था गरिएको उनले जनाए ।

यता, मेलामा कञ्चनजंघा अर्गानिक अर्थोडक्स चिया उद्योगले आम उपभोक्तालाई अर्गानिक चिया खान सिकाउँदैछ । साखेजुङ ब्राण्डका विभिन्न प्रकारका चिया स्टलमै चाख्ने व्यवस्था मिलाइएको छ । जर्मनीले अर्गानिक प्रमाणित गरेको चियाको मुख्य बजार पनि विदेश नै हो । ‘तर, नेपालीलाई पनि अब अर्गानिक चिया खुवाउनुपर्छ भन्ने ठानेर हामीले यहाँ चियाको स्टल राखेका हौँ’ कम्पनीका प्रबन्ध निर्देशक डम्बरबहादुर खत्रीले भने,‘वार्षिक २५ हजार टन चिया उत्पादन गरिरहेका छौँ ।’

उनका अनुसार यही वर्ष चीनमा पनि हामीले उत्कृष्ट हुँदै रजत पदक भयौँ भने नेपाल पनि राष्ट्रपतिबाट हामी पुरस्कृत भएका छौँ ।’ मिलनकुमारी खत्रीले चलाएको गाउँका ८४ परिवारको खेतीलाई अर्गानिक प्रमाणित गरिएको यो कम्पनीले एक किलो चिया सस्तोमा ५ सय रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म बेच्छ । उनका अनुसार मेलामा बिक्रीभन्दा पनि चेतना बढाउने उदेश्यले आफूहरुले स्टल राखेको बताए । मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाका अनुसार मेलामा राखिएका केही स्टलहरु प्रवद्र्धनात्मक छन् भने केहीले दैनिक उपभोग्य सामान बिक्री बितरण गरिरहेका छन् । ‘वास्तवमा मेलाले विशेष छुटमा सामान किन्ने अवसर सृजना गरेको छ’, उनले भने,‘ लत्ता–कपडा पनि छुटमै बिक्री भइरहेको छ ।’ मेला समापनतिर अघि बढ्दा छुटको मात्रा अझ बढेको उनले दावी गरे ।

पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, पोखरा महानगरपालिकाको संरक्षण, नेपाल पर्यटन वोर्ड, आइएमई ग्रुप तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने उद्घोषसहितको मेला पुसको २८ गतेसम्म जारी रहने छ ।समृघि स्टिल्स मेलाको मुख्य प्रायोजक हो भने हिमशिखर कृषि सहकारीको उपकार ब्राण्डले मेलाको सहप्रायोजन गरेको छ । मेलासँग नेपाल टेलिकम,गरिमा विकास बैंक ,एनएमबि बैंक,गोल्छा अर्गनाइजेसन,एनआइसी एसिया बैंक,कुमारी बैंक,हिमश्री फुड्सको रारा चाउचाउ,बरुण बेभरेज,विजय डिष्टिलरी,हाइलाइफ फुड प्रोडक्ट,सगरमाथा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, बंगलामुखी एम्युजमेण्ट प्रालि पनि मेलाका विभिन्न सहयोगी विधामा जोडिएका छन् ।मेलाको हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्ट रहेको छ । मेलाको प्रवेश टिकटमा दैनिक लक्की ड्रमार्फत प्रदान गरिने उपहारको लागि हनुमान प्याराग्लाइडिङ प्रालि,स्काई बर्ड प्याराग्लाइडिङ प्रालि तथा द सोनिका अटोमार्ट प्रालिसँग सहकार्य भएको छ ।

संघका महासचिव अर्जन पोखरेलका अनुसार शुक्रबारसम्म करिब ६५ हजारले मेला अवलोकन गरेका छन् । शुक्रबार हाँस्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुतिसहित नियमित खुल्ला एकल नृत्य प्रतियोगिता तथा लोकदोहारीले पनि सहभागिलाई मनोरञ्जन प्रदान ग¥यो । लोकदोहोरीतर्फ ःवविता बाँनिया, ( जेरी) ,विक्रम परियार, दिलु लामा, केशव घिमिरे,प्रेम बस्याल, पार्वती गुरुङ, प्रेमराज अधिकारीलगायतका कलाकारले सहभागिलाई मनोरञ्ज्न दिलाए । शनिबार बद्रि पंगेनी, प्रजापति पराजुली, पार्वती जिसी, मञ्जु विक, सुरेन्द्र गुरुङ,टस गुरुङ, आरसी पौडेल,लक्ष्मी सुवेदी तथा आधुनिक र पपतर्फ रवि रिमाल, मीना निरौला र विनोद बाँनियाको विशेष प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक सोवित पौडेलले जानकारी दिए । शुक्रबार प्रवेश टिकटमा लक्की ड्रमार्फत प्याराग्लाइडिङ उडान ६० रुपैयाँतर्फको टिकट नम्बर १११५९ लाई र ६० रुपैयाँतर्फको टिकट नम्बर १०६१८ टिभी उपहार प्राप्त भएको टिकट व्यवस्थापन उपसमिति संयोजक बलराम आचार्यले जानकारी दिए ।

You might also like

Comments are closed.