व्यापार व्यवसाय खुलाउन पहल गर्दै लेखनाथ उद्योग बाणिज्य संघ

 

लेखनाथ ।
लेखनाथ क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउँदै व्यापार व्यवसाय खुलाउन लेखनाथ उद्योग बाणिज्य संघले पहल गरेको छ । सरकारले कर तिर्न ताकेता गरिरहेका बेला अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सुरक्षाको पूर्ण व्यवस्था गर्दै,समय तालिक ामिलाएर व्यापार व्यवसाय संचालन गर्नुपर्ने व्यवसायीहरुकै आग्रहमा संघले व्यापार व्यवसाय खुलाउन पहल अगाडि बढाएको हो ।

शनिवार आयोजित छलफल कार्यक्रममा परिस्थितिको विषमतालाई ध्यानमा राख्दै लकडाउनले निम्त्याएको संकटबाट बच्दै आर्थिक गतिविधि संचालन गर्न प्रशासनले तोकेको समयमा सबै निर्देशन पालना गर्दै व्यवसाय गर्न तयार रहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइराला, पोखराउद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्षद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा व्यवसायको प्रकृति हेरी समय तालिका अनुसारव्यवसाय खुलेमा त्यसले अर्थतन्त्रलाई गति दिने उल्लेख गरिएको अध्यक्ष बलराम ढकालले वताए ।

कार्यक्रममा आफ्ना कार्य क्षेत्रमा बजार व्यवस्थापनलाई कृयाशील बनाउदै बजार अनुगमनउपसमिति र कार्यसमितिबाट  छुट्टै अनुगमन समिति बनाएर सामाजिक दुरी कायम भए नभएको , सुरक्षाका उपायहरु अपनाएनअपनाएको वारे अनुगमन गरिने संघका वरिष्ठ उपाध्यक्ष् ाछत्रधर आत्रेयले वताए ।

उपभोक्ताहरुको सुरक्षा अनि स्वास्थ्य प्रति सचेतता अपनाउदै भीडभाड कम हुने ब्यवस्था मिलाएर व्यापार व्यवसायखुलाउन पहल भैरहेको संघका महासचिव गोपिचन्द्र वास्तोलाले बताएका छन् । सामाजिक दूरी कायम गर्दै समय तालिका अनुसार व्यवसाय खोल्नुपर्ने,सचेतताअपनाउदै जुनसुकै हालतमा पनि व्यवसाय संचालन गर्ने वातावरण बन्नुपर्नेमा सहभागीहरुले जोडदिएका थिए ।

You might also like

Comments are closed.