व्यापार व्यवसाय बढाउँदै नेपाली सेना

काठमाडौं, ७ भदौ । कल्याणकारी योजनाका नाममा नेपाली सेनाले नाफामूलक व्यापार व्यवसायमा लगानी बढाउन लागेको छ । नाफामूलक व्यापार व्यवसायमा सक्रिय बन्दै गएको आरोप खेपिरहेको सेनाले कल्याणकारी कोषम रकम व्यापारी प्रयोजनमा विस्तार गर्न लागेको हो । आजको कारोबार दैनिकमा खबर छ ।

राष्ट्रिय सुरक्षाको प्रमुख अंग सेनाले सैनिक कल्याणकारी कार्यक्रम अन्र्तगत जगा प्लटिङ÷हाउजिङ निर्माण, सपिङ कम्प्लेक्स, इन्धनको ढुवनी आपूर्ति तथा विक्री वितरण जलविद्युत आयोजनामा कर्जा प्रवाह तयारी पोशाक उत्पादनमा कर्जा प्रवाह तयारी पोशाक उतपादनलगायतमा लगानी विस्तार गर्न लागिएको जनाएको छ ।

कोषसँग चलअचल गरी ४१ अर्ब २९ करोड ८२ लाख ४६ हजार रुपैयाँको सम्पत्ति छ । जग्गा प्लटिङ, हाउजिङ कर्मचारीका लागि आवास निर्माण सपिङ कम्प्लेक्स निर्माण र गेष्टहाउस लगायतमा लगानी गर्नेकै लागि सेनाले कार्याविधि नै बनाउँन लागेको छ ।

अस्पताल मेडिकल कलेज, विद्यालय विश्वविद्यालय, खानेपानी, इन्धन आपूर्ति तथा बिक्री, विस्फोटकपदार्थ उत्पादक लगायत २ दर्जन भन्दाबढी योजनामा मात्रै कोषको ५ अर्ब ५२ करोड ५७ लाख रुपैयाँ लगानी गरिएकोमा थप २ अर्ब बढी लगानी गर्ने सेनाले जानकारी दिएको छ ।

You might also like

Comments are closed.