व्यावसायिक ज्ञान बढाउन तालिम लिदै ट्रेकिङ व्यवसायी

पोखरा, ९ चैत । टान पश्चिमाञ्चल क्षेत्रीय संघद्वारा आयोजित २ दिने ‘बिजनेस म्यानेजमेन्ट’ तालिम सुरु भएको छ । पोखरा क्षेत्रका ट्रेकिङ व्यवसायीका लागि शुक्रबार सुरु तालिम शनिबारसम्म जारी रहने कार्यक्रम संयोजक मीलन तिवारीले जानकारी दिए ।

तालिममा ६५ जना व्यवसायी सहभागी छन् । नेदरल्याण्डका एन्स विलेम्सले सहभागीलाई ट्रेकिङ व्यवसाय तथा व्यावसायिक सम्भावनाहरुका बारेमा प्रशिक्षण दिएकी छन् । टान पश्चिमाञ्चलका अध्यक्ष दीपकराज अधिकारीको सभापतित्वमा आयोजित तालिमको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलिया, पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्मा, कार्यक्रम संयोजक मीलन तिवारी लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन सचिव सुशील राज पौडेलले गरेका थिए ।

व्यवसाय प्रवद्र्धन, बजार रणनीति, योजना, व्यावसायिक सिप, व्यवस्थापन, जनशक्ति, नेतृत्व विकास लगायतका विषयमा सहभागीलाई तालिम दिइने संयोजक तिवारीले जानकारी दिए ।

You might also like

Comments are closed.