व्यासका अध्येता न्यौपानेद्वारा किरियापुत्री भवनलाई सहयोग

तनहुँ ४,मंसिर

व्यास–३ स्थित व्यास गुफा क्षेत्रमा निर्माणधीन किरियापुत्री भवनका लागी व्यासका अध्येता काशीनाथ न्यौपानेले आर्थिक सहयोग गरेका छन् ।
व्यास–४ निवासी न्यौपानेले किरियापुत्री भवनका लागि रु.२० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । उक्त रकम उनले भवन निर्माण समितिका अनुगमनकर्ता हरिभक्त भट्टराई र सल्लाहकार प्रियनाथ पौडेललाई हस्तान्तरण गरेका छन् ।
सो अवसरमा उनले दमौलीमा किरियापुत्री भवनको आवश्यकता रहेको बताउँदै यसलाई सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताए ।
व्यास–३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन ८ कोठे उक्त भवन ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने समितिले जनाएको छ । व्यास नगरपालिकाको ८० प्रतिशत र बाँकी स्थानीय लागत सहभागितामा उक्त भवनको निर्माण कार्य सम्पन्न गरिने बताइएको छ ।

You might also like

Comments are closed.