व्यासभूमिलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्छ ः सभामुख महरा

तनहुँ ३०,कात्तिक
सभामुख कृष्णबहादुर महरा चार वेद, महाभारत तथा अठार पुराणका रचियता महर्षि वेदव्यासको जन्मस्थललाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गनुपर्नेमा जोड दिए । वेद अनुयायी प्रतिष्ठान तनहुँको आयोजनामा तनहुँको दमौली स्थित व्यास गुफा क्षेत्रमा सञ्चालित विश्वओमकार तथा हिन्दू महामिलन पर्वको शुक्रवार समापन गर्दै सभामुख महराले सो कुरामा जोड दिएका हुन । “पर्यटन मन्त्रालय अहिले विभिन्न यर्यटकीय गन्तव्य छनोटको क्रममा रहेको छ, हाम्रो पहल यो क्षेत्रलाई पनि समावेश गर्ने तर्फ रहनेछ उनले भने” । यस क्षेत्रको विकासका लागी वेदव्यासको १०८ फिटको मुर्ति निर्माण गरेर मात्र पुग्दैन व्यास पराशर क्षेत्रकै वृहत गुरुयोजना निर्माण गरी अगाडि बढ्न उनले आग्रह गरे ।
त्यस्तै कार्यक्रममा प्रतिनिधि सभा सदस्य केदार सिग्देल, कृष्णकुमार श्रेष्ठ ‘किसान’, कलिला खानले वेदव्यासको जन्मस्थललाई राष्ट्रिय गौरवको योजनाको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । यस क्षेको अपेक्षि विकास नभएको स्विकार्दै अबका दिनमा जनताले विकासको प्रत्याभूति गर्ने गरी विकासका कामहरु अगाढि बढ्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लले धार्मिक पर्यटनको अग्र पंक्तिमा रहेको व्यास भूमिको पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक महत्वको व्यापक प्रचारप्रसार गर्नपर्ने बताए ।
व्यास भूमिलाई विश्वसामु परिचित गराउँदै पूर्वीय दर्शनको केन्द्र बनाउने र वेद अनुयायीहरुलाई प्रत्येक वर्षको एक महिना व्यासभूमिमा जमघट हुने वातावरणको सिर्जना गर्ने उद्देश्यले कात्तिक १ गतेबाट विश्वओमकार तथा हिन्दू महामिलन पर्व आयोजना गरिएको वेद अनुयायी प्रतिष्ठान तनहुँका अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिए । पर्वमा देशका विदेशबाट धर्मगुरु, सन्त, महन्त, विद्वान, बुद्धिजीविहरुलाई व्यास क्षेत्रमा उपस्थिति गराउन सफल भएको प्रतिष्ठानका मूल संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले बताए । व्यास क्षेत्रको प्रचारका लागी गत वर्ष कात्तिक १ गतेदेखि १८ महिनासम्म अखण्ड हरिकिर्तन गरिएको थियो ।

You might also like

Comments are closed.