व्यास क्षेत्र शिवपञ्चायन मन्दिर विकास कोषमा श्रेष्ठ

तनहुँ ६,मंसिर
व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषको अध्यक्षमा लायन्स क्लब नेपाल ३२५ वि १ का डिष्ट्रिक गर्भनर अशोककुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन । मंगलबार दमौलीमा सम्पन्न कोषको प्रथम साधारण सभा एवं दोस्रो भेलाबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् । व्यास र पराशर क्षेत्रमा गठन भएको दुई समितिलाई एउटै एकीकृत गरी व्यास क्षेत्र शिवपञ्चायन मन्दिर विकास कोष गठन गरिएको हो । उक्त समितिको उपाध्यक्षमा प्रेमप्रकाश भट्टराई, एकबहादुर राना चयन भएका छन भने समितिको महासचिवमा विष्णुभक्त सिग्देल, सचिवमा मदन पण्डित, ऋषिराम ढंगाना र कोषाध्यक्ष निर्मलादेवी न्यौपाने चयन भएका छन् ।
त्यस्तै गरी समितिको सदस्यमा सितादेवी गुरुङ, विन्दुदेवी वाग्ले, बाबुराम बगाले, दिनेश श्रेष्ठ र माधव न्यौपाने चयन भएका छन् । व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषको अध्यक्षमा अशोक कुमार श्रेष्ठ सर्वसम्महत चयन भएका छन् ।
कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले व्यास क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले यस क्षेत्रमा वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माणसँँगै प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, चौकीदार घर, कोसेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन र योग कक्ष, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र कक्ष, व्यास पुस्तकालय, शौचालय, बगैंँचाको साथ विश्राम घर, तलाउ सहितको मत्स्यगन्धा उद्यान, चमेनागृह, पूजारी घर, व्यासका साना २७ मूर्ति, व्यासका अनुयायीको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति लगायतका संरचना निर्माणका लागी गुरुयोजना बन्दै गरेको जानकारी दिए । साथै उनले व्यास क्षेत्रको विकासमा सबैको साथ र सहयोग आवश्यक पर्ने बताए ।

 

You might also like

Comments are closed.