व्यास नगरपालिकाको प्रथामिकता कृषि, पर्यटन र शिक्षा

मंसिर १२,तनहुँ ।
व्यास नगरपालिकाले कृषि, पर्यटन र शिक्षालाई क्रमशः मुख्य प्राथमिकतामा राखि “विविधतायुक्त गाँउशहर, समृद्ध मेरो व्यास नगर” भन्ने दीर्घकालिन सोच निर्धारण गरिएको छ ।
व्यास नगरपालिका तथा नेष्ट पिकासो जेभिको संयुक्त आयोजनामा बन्दिपुर–५ ढाब स्थित मस्र्याङ्दी रिभरब्यु रिसोर्टमा सम्पन्न एकिकृत विकास योजनाको दिर्घकालिन सोच निर्धारण सम्बन्धि २ दिने कार्यशाला गोष्ठीमा प्राप्त सल्लाह र सुझावका आधारमा नगरपालिकाले कृषि, पर्यटन र शिक्षालाई मुख्य प्राथामिकतामा राखेर योजना बनाउने निर्णय गरेको हो ।
कार्यशाला गोष्ठीमा व्यास नगरपालिकालाई समृद्धि तर्फ निर्देशित गर्न नगरका मुख्य सम्भावनाका क्षेत्रहरुको पहिचान गरी प्रथामिकतामा राखी अगाडि बढ्ने राखी विकास गरिने बताइएको छ । रुपान्त्रीत शहरको भावि समस्याहरुलाई समाधान गर्दै अगि बढ्ने गोष्ठीमा उपस्थित सहभागि जनप्रतिनिधि, कर्मचारि एवं परामर्शदाताद्वारा प्रतिवद्धता व्यक्त गरिएको थियो ।
उक्त गोष्ठीको उद्घाटन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गरेका थिए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेश सभा सदस्यहरु आशा कोइराला, डोबाटे वि.क, सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेकपाका नेता शंकरनारायण श्रेष्ठ, नेपाली कांग्रेस तनहुँका नेता विश्व वास्तोला, सल्लाहाकार सुर्यनारायण श्रेष्ठ, परामर्शदाता योगेश पूर्ण श्रेष्ठ लगायतले नगरबासिहरुको सरोकारका विषयलाई ध्यान दिंदै अगाडि बढ्न सुझाव दिएका थिए ।
उक्त गोष्ठीमा योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिश चन्द्र पोख्रेल, डा. शेषरमण न्यौपाने, अर्थ्विद रघुराज काफ्ले, कृषि विज्ञ भैरवराज कैनी, पर्यटन विद हरिसिं गुरुङ लगायतले व्यास नगरपालिकाको दीर्घकालिन सोच निर्धारण सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा समापन कार्यक्रममा कार्यकरीणी सदस्य चन्द्रमाया परियार, अपार पौडेल, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, उधोग वाणिज्य संघका उपाध्यक्ष वैकुण्ठ मिश्र, एनएसइटीका निर्देशक सुर्यनारायण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद वांस्तोला, उपप्रमुख मीरा जोशी, योजना आयोगमा पुर्व उपाध्यक्ष डा.जगदिशचन्द्र पोख्रेलले कार्यशाला गोष्ठीको समिक्ष गर्दै, गोष्ठी उपलब्धीपुर्ण भएको र कार्यान्वयनमा जोड दिएका थिए ।

You might also like

Comments are closed.