व्यास नगरपालिका स्तरीय प्रअ बैठक

तनहुँ  । व्यास नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले बुधवार व्यास नगरपालिका भित्रका प्रधानाध्यापकहरु, शिक्षाविद् तथा वुद्धिजीविहरुसँग शैक्षिक अन्तरक्रिया तथा छलफल गरेको छ । सकारात्मक सोचका साथ रचनात्मक काम गरौँ, जति सकिन्छ त्यति गरौँ, केही न केही अवश्य गरौँ भन्ने नाराका साथ थप शैक्षिक सुधार बारे जानकारी तथा छलफल गर्न, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागी सुझाव संकलन र शिक्षकको पेशागत क्षमता र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रअहरुको बैठकलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले राज्यको ठुलो लगानी रहेको सामुुदायिक विद्यालयको प्रतिफल प्रतिवर्ष खस्किदै जानु चिन्ताजनक भएको बताए । राज्यले शैक्षिक योजनाको कार्यान्वयन गर्ने जिम्मा स्थानीय तहलाई प्रदान गरेको छ, स्थानीय तहको कार्यक्षेत्र थोरै भएकाले शिक्षाको गुणस्तर बढ्ने आशा पलाएको छ उनले भने । आफ्नो क्षेत्रमा प्रभावकारी अनुगमनले पनि शैक्षिक गुणस्तर उकास्न मदत गर्ने उनको भनाइ छ ।

व्यास नगर शिक्षा शाखाका प्रमुख अम्बिकाप्रसाद आचार्यले सामुदायिक विद्यालयको खस्किदो शैक्षिक अवस्थाबारे गम्भिर हुनुपर्ने अवस्था भएको चर्चा गर्दै शैक्षिक गुणस्तर सुधारका निम्ति शिक्षकहरुले विद्यार्थी लग बुकको प्रयोग, शिक्षक डायारीको उच्चतम प्रयोग,सिकाइ वडापत्र तयार पार्ने जस्ता कार्य गनुपर्ने बताए । समयसापेक्ष शिक्षा दिन नसक्ने हो भने हाम्रो उत्पादन विश्व बजारमा बिक्न नसक्ने हुन्छन उनले भने । विद्यालयलाई विस्तारै पेपरलेस बनाउदै आइसिटीको अधिकत्तम प्रयोग गर्न उनले प्रअहरुलाई आग्रह गरे । अबका दिनमा शैक्षिक संस्थाहरु प्रविधिमैत्री हुनुपर्नेमा उनले जोड दिए ।

व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानले कानुनले स्थानीय तहलाई विद्यालय सञ्चालनको अनुमति, अनुगमन, स्थानीय पाठ्यक्रम निर्माण लगायतका अधिकार दिइएकाले नगरपालिका भित्रका सबै विद्यालयको शैक्षिक स्तर वृद्धिमा नगरपालिका गम्भिर भएर लाग्ने बताए । उपप्रमुख मिरा जोशीले शिक्षा व्यावहारिक र सीपमुलुक नभएर पनि शिक्षा प्रति बालबालिकाको चासो कम हुदैँ गएको बताइन् । जिल्ला योजना कार्यान्वयन इकाइका प्रमुख सुर्यप्रसाद क्षेत्रीले नीति नियम निर्माण भन्दा कार्यान्वयनको पक्ष बलियो हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला शिक्षा समवन्य इकाइका प्रमुख डिल्लीरमण भट्टराई, व्यासका अध्येता काशीनाथ न्यौपाने, व्यास १४का वडा अध्यक्ष काजीमान श्रेष्ठ, एनप्याप्सन तनहुँका अध्यक्ष रामकृष्ण विक, अखिल नेपाल शिक्षक संघका अध्यक्ष गजेन्द्र पन्थ, प्रअ तुलशीरमण सिग्देल,बिन्दु थापा मगर व्यावहारिक तथा गुणस्तरीय शिक्षामा जोड दिएका थिए ।

सोही व्यास नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा र विद्यालयका प्रअ बीच २६ बुदेँ कार्यसम्पदान सम्झौतामा पत्र २०७५मा हस्ताक्षर भएको थियो । साथै व्यास नगरपालिकाबाट सम्झौता सहित प्रअ नियुक्तिको प्रमाणपत्र समेत सोही अवसरमा वितरण गरिएको थियो ।

You might also like

Comments are closed.