व्यास ३मा सिलाई कटाई सम्बन्धी तीन महिने तालिम सुरु

तनहुँ, ११ बैशाख
तनहुँको व्यास नगरपालिकाको वडा नं ३ मा बुधवारबाट सिलाई कटाई सम्बन्धी तीन महिने आधारभुत तालिम सुरु भएको छ ।  तालिमको नगरप्रमुख बैकुण्ठ न्यौपानेले मेसिन चलाएर उद्घाटन गरे ।

तालिमको उद्घाटन गर्दै न्यौपानेले सिपमुलक तालिमलाई व्यवहारमा लागु गरेर स्वरोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए ।  वडा नं ३ को वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रम बारे जानकारी दिदै वडा सदस्य रविन पौडेलले सामुहिक रुपमा स्वरोजगारमुलक व्यवसाय सुरु गरे वडा र नगरपालिकाले सहयोग गर्ने बताए ।

नेपाल सरकार र विश्व वैकको सहयोगमा कान्तिपुर बहुप्राविधिक शिक्षालयले तालिम सञ्चालन गरेको संस्थाका प्रतिनिधि बलराम विष्टले जानकारी दिए । सिटीभिटीको मान्यता प्राप्त तीन महिने तालिममा २० जना प्रशिक्षार्थीलाई सहभागी छन् ।

You might also like

Comments are closed.