व्युटिपार्लर सम्बन्धी एडभान्स तालिम सम्पन्न

पोखरा । व्युटिपार्लर सम्बन्धी १५ दिने विशेष तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय कास्कीको आयोजनामा तथा पोखरा उद्योग वाणिज्य संघको सहजकर्तामा गुरुङ व्युटिपार्लर प्रालिमा सञ्चालित तालिमको सोमबार एक कार्यक्रमबीच समापन गरिएको छ ।

तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख चक्रपाणि गौतमले व्युटिसियन व्यवसायीको क्षमता अभिबृद्धि गर्ने लक्ष्यसहित तालिम सञ्चालन भएको जानकारी दिए । सिकेको सिपलाई व्यावसायिक क्षेत्रमा प्रयोगमा ल्याउन उनले आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव तथा गुरुङ व्युटिपार्लर प्रालिका सञ्चालक चिनु गुरुङले प्रशिक्षार्थीहरुले धेरै ज्ञान सिकेको जानकारी दिदै यस्ता तालिमहरु आगामी दिनमा पनि सञ्चालन गर्नुपर्ने बताइन् । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय कास्कीका लेखा प्रमुख झलक शर्मा पौडेल, सौन्दर्यकर्मी कल्पना कोइराला लगायतले बोलेका थिए ।

१५ दिनसम्म सञ्चालित एडभान्स तालिममा सहभागीहरुलाई समापन कार्यक्रममा प्रमाणपत्रसमेत वितरण गरिएको छ । भगतसर्वजित कार्यक्रम अन्तर्गत तालिम आयोजना गरिएको हो ।

You might also like

Comments are closed.