व्युटिपार्लर सम्बन्धी १५ दिने विशेष तालिम

पोखरा । व्युटिपार्लर सम्बन्धी १५ दिने विशेष तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय कास्कीको आयोजनामा शुक्रबार एक कार्यक्रमका बीच तालिमको उद्घाटन गरिएको छ ।

पोखरा उद्योग वाणिज्य संघको सहजकर्तामा गुरुङ व्युटिपार्लर प्रालिमा तालिम हुने प्रमुख प्रशिक्षक चिनु गुरुङले जानकारी दिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले सौन्दर्य व्यवसायको सम्भावना राम्रो भएकाले सिप सिकेर उद्यमी बन्न आग्रह गरे ।

घरेलु तथा साना उद्योग कार्यालय कास्कीका उद्योग अधिकृत तथा कार्यक्रमका सभापति महराज ढकालले महिलाहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यअनुसार तालिम आयोजना गरिएको बताए । १५ दिनसम्म एडभान्स खालको तालिम प्रदान गरिने उनले जानकारी दिए । ‘भगतसर्वजित कार्यक्रम अन्तर्गत तालिम आयोजना भएको छ,’ उनले भने ।

व्युटिपार्लर व्यवसाय गरिरहेका महिलाहरुका लागि थप ज्ञान प्रदान गर्ने लक्ष्यसहित तालिम आयोजना भएको प्रमुख प्रशिक्षक गुरुङले बताइन् । ‘विद्यार्थीको चाहना अनुसारको सिप सिकाइन्छ,’ उनले भनिन् ।

You might also like

Comments are closed.