पोखरा । लायन्स क्लब अफ पोखरा व्युटिसिटीले प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना नियन्त्रणको अभियानमा अग्रपंक्तिमा रहेर जनताको सुरक्षामा खटिएका प्रहरीलाई क्लबले सोमबार एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरेको क्लबका द्वितीय उपाध्यक्ष एवं कार्यक्रम संयोजक शवि शेरचनले जानकारी दिइन् ।
वडा प्रहरी कार्यालय वगरका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक चन्द्रा गुरुङ र सशस्त्र प्रहरी मुक्तिनाथ बाहिनीका केशव वलीलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

क्लबले प्रहरीलाई १ हजार ८ सय वटा मास्क, १५ लिटर सेनिटाइजर र ३ वटा सेनिटाइजर स्ट्याण्ड सहयोग गरेको छ । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका गभर्नर मनबहादुर रोकाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
क्लबका अध्यक्ष मीना प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष विष्णु आचार्यले र धन्यवाद मन्तव्य कार्यक्रम संयोजक शवि शेरचनले र कार्यक्रमको सञ्चालन सचिव सीता गुरुङले गरेकी थिइन् ।




Comments are closed.