व्युटिसियन संघ गण्डकी प्रदेशको अध्यक्षमा कल्पना

आर्थिक आवाज
पोखरा, ३ जेठ । नेपाल व्युटिसियन संघ गण्डकी प्रदेशको अध्यक्षमा कल्पना कोइराला निर्वाचित भएकी छन् । नेपाल ट्रेड युनियन काँग्रेससँग आबद्ध व्युटिसियनहरुको प्रथम भेलाले कÞोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कोइराला लामो समयदेखि कास्कीमा सौन्दर्य व्यवसायमा आबद्ध छन् ।

उपाध्यक्षमा शनिसा घर्ती (बागलुङ), सचिवमा एनि गर्बुजा पुन (कास्की), सहसचिवमा शिला पाण्डे (पर्बत), कोषाध्यक्षमा भीम कुमारी गुरौ चौधरी (नवलपुर) चयन भएका छन् । सदस्यहरुमा संगिता श्रेष्ठ (म्याग्दी), पुस्पा गुरुङ (लमजुङ), रोशनी लो (मुस्ताङ), शर्मिला शर्मा (पर्बत), पार्बती गुरुङ (तनहुँ), श्रुती श्रेष्ठ (स्याङ्जा), रीना गुरुङ (गोर्खा) छन् । सम्पूर्ण सौन्दर्य व्यवसायीहरुलाई समेटेर संस्थाको नेतृत्व गर्ने नवनिर्वाचित अध्यक्ष कोइरालाले बताइन् ।

You might also like

Comments are closed.