शक्ति केन्द्रहरुको पूजा गर्ने परम्पराको अन्त्य गर्दैछुः मन्त्री अधिकारी

आर्थिक आवाज
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मन्त्री भएपछि सम्बन्धित क्षेत्रका शक्तिहरुलाई पूजा गर्ने परम्पराको आफूले अन्त्य गरेको बताएका छन् ।

‘यहाँ त मन्त्री भएपछि शक्तिको पूजा गर्ने परम्परा रहेछ, तर मैले त्यो परम्परा तोडेको छु,’ पोखरा पर्यटन परिषद्ले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले भने, ‘हरेक काममा शक्ति केन्द्रहरुको आशिर्वाद लिने र थालनी गर्ने कामपनि हुँदो रहेछ, त्योपनि तोड्ने प्रयास गरिरहेको छ ।’

आफू मन्त्री भएको आफ्नो लागि भन्दापनि देश र जनताका लागि भएकाले जस्तोसुकै परिस्थिति सामना गरेर भएपनि शक्तिको पूजा गर्ने परम्पराको अन्त्य गरेरै छाड्ने उनले बताए ।

You might also like

Comments are closed.