शनिबार पनि बैंक खोल्न राष्ट्रबैंकको निर्देशन

काठमाडौं, २८ पुस । राजश्व संकलन गर्ने बैंकका काउन्टर तथा शाखालाई आज शनिबार पनि खोल्नुपर्ने भएको छ । राजश्व जम्मा हुने बैंकका शाखा र काउन्टर शनिबार समेत खोल्न राष्ट्रबैंकले निर्देशन दिएको कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले जानकारी दिए । राजश्व संकलनलाई सहज बनाउन उक्त निर्देशन दिइएको हो ।

अर्थमन्त्रालयको आग्रहमा वित्तीय संस्थाहरुलाई शनिबार पनि राजश्व संकलन हुने शाखा सञ्चालनमा ल्याउन निर्देशन दिइएको हो । त्यसैगरी राजश्व दाखिलाका लागि चेक क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउसलाई समेत सधैं जस्तै खुला गरे काम गर्न निर्देशन दिइएको छ ।

You might also like

Comments are closed.