शनिबार होइन, आइतबार बैंक बन्द गरौंः उद्योगी व्यवसायी

काठमाडौं । शनिबारको साटो आइतबार बैंकहरु बन्द गर्ने प्रस्ताव उद्योगी व्यवसायीले गरेका छन् । छिमेकी मुलुक भारत सहित विभिन्न देशहरुमा आइतबार सार्वजनिक विदा हुने गरेकाले पनि नेपालमा आइतबार बैंक बन्द गर्नुपर्ने उनीहरुको माग छ ।

राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाललाई भेटेर उद्योगी व्यवसायीले यस्तो प्रस्ताव गरेका हुन् । आइतबार अन्य देशका बैंकहरु बन्द रहने भएकाले उद्योगी व्यवसायीलाई आइतबार एलसी खोल्ने काम समस्या हुँदै आइरहेको छ ।

You might also like

Comments are closed.