शाखा विस्तारमा आक्रामक बन्दै गरिमा, एकै दिन ४ शाखाको उद्घाटन

आर्थिक आवाज
गरिमा विकास बैंक लिमिटेडले एकै दिन ४ ओटा शाखा कार्यालयको स्थापना गरेको छ । बैंकले यहि चैत्र १५ गते शुक्रबार सुर्खेत जिल्लाको बीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीशहर र नुवाकोट जिल्लाको बट्टार शाखा कार्यालयको औपचारिक समुद्घाटन सम्पन्न गरेको हो ।

बीरेन्द्रनगर शाखा कार्यालयको उद्घाटन बीरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुवेदी, चप्परगौडी शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका नायब निर्देशक नारायण पोखरेल, बेसीशहर शाखा कार्यालयको उद्घाटन बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र बट्टार शाखा कार्यालयको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पंडितले गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको हाल काठमडौं उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ७२ शाखा र १८ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै पर्साको बीरगंज, चितवनको मिलनचोक, दाङको तुल्सीपुर र कास्कीको हेम्जा सहित देशका विभिन्न स्थानहरुमा १९ शाखा कार्यालयहरु स्थापना गर्दैछ । २०७५ चैत्र १४ गतेसम्म विकास बैंकले रु.२९ अर्ब ५० करोड निक्षेप संकलन गरी २५ अर्ब १० करोड कर्जा लगानी गरेको छ ।

You might also like

Comments are closed.