आर्थिक आवाज
पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले एकै दिन चार वटा शाखा कार्यालयहरु विस्तार गरेको छ । धादिङको धादिङबेसी, लमजुङको भोटेओडार, तनहुँको जामुने र चितवनको मेघौलीमा एकै साथ शाखा कार्यालय विस्तार भएको हो ।
हाल बैंकको मुलुक भरी शाखा सञ्जाल ८१ रहेकोमा अब ८५ स्थानमा शाखा सञ्जाल विस्तार भएको छ । बैंकको थप विभिन्न ११ स्थानमा शाखा कार्यालयहरुको निर्माण कार्य भइ राखेको र उक्त शाखा कार्यालयहरु समेत सञ्चालनमा आय पश्चात बैंकको कुल शाखा संख्या ९६ पुग्ने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।
न्यू विजनेश एजद्वारा आयोजित सन् २०१९ को ‘वेस्ट म्यानेज डेभलपमेन्ट बैंंक’को अवार्डबाट पुरस्कृत गण्डकी विकास बैंकको कुल चुक्ता पूँजी रु २ अर्व ७५ करोड रुपैयाँ छ भने गत आश्विन मसान्त सम्म बैंकले रु १२ करोड ४२ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त अवधिमा बैंकले कुल निक्षेप रु ३० अर्व ९ करोड संकलन गर्न र कुल कर्जा रु. २६ अर्व ३० करोड प्रवाह गर्न सफल भएको छ ।
Comments are closed.