शाखा विस्तार अभियानमा गण्डकी विकास बैंक, महेन्द्रनगरमा खुल्यो नयाँ शाखा

आर्थिक आवाज
काठमाडौं, २७ मंसिर ।

गण्डकी विकास बैंकले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो शाखाको औपचारिक समुद्घाटन गरेको छ । प्रमुख अतिथि प्रदेश नंं ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहोराले शाखाको समुद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै बोहोराले गण्डकी विकास बैंकले यस क्षेत्रका निम्न वर्गीय जनतालाई लक्षित गरी सेवा सुविधा प्रदान गर्नुपर्नेमा जोड दिए । साना साना बचतकर्तासम्म पुग्न बैंकलाई उनले आग्रह गरे ।

बैंकका सञ्चालक कृष्ण बहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्द, उद्योग वाणिज्य संघ कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष जितजङ मल्लले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी गराएका थिए ।

बैंकले सात वटै प्रदेश, हिमाल पहाड तराई, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र ग्रामीण एवं नगर क्षेत्रमा शाखा सञ्जाल बिस्तार गरी वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले आकर्षक व्याजदरमा निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, सिआस्वा, आइपिएस, मोबाइल बैकिङ सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३ सय ६५ दिने बैकिङ सेवा तथा सन्ध्याकालीन सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समूहमा आवद्घ लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले आ.व. २०७५÷७६ को प्रथम त्रैमासमा संचालन मुनाफा रु. १५ करोड ३० लाख आर्जन गर्न सफल भएको छ । सोही अवधीसम्म निक्षेप रु. २३ अर्ब ७२ करोड र कर्जा तर्फ रु.२१ अर्ब २४ करोड पु¥याएको छ । बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून छ ।

You might also like

Comments are closed.