शिक्षण संस्था शैक्षिक वेरोजगार उत्पादन गर्ने कारखाना बने ः मृख्यमन्त्री गुरुङ

तनहुँ, ११ फागुन
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षण संस्था शैक्षिक वेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताएका छन् ।  तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयद्धारा प्राविधिक शिक्षा सञ्चालनार्थ आयोजित शैक्षिक तथा धार्मिक महामहोत्सव तथा श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञानमहायज्ञको उद्घाटन गर्दै गुरुङले प्राविधिक शिक्षा नहुदाँ शिक्षण संस्था शैक्षिक वेरोजगार उत्पादन केन्द्र बन्दै गएको बताएका हुन् । ‘अब पाठ्यक्रम र पाठ्यपुस्तक समयानुकुल परिवर्तन गरी सबैले गति र मति सुधारेर शैक्षिक गुणस्तर वृद्धिमा लाग्नुको विकल्प छैन’ गुरुङले भने ।  राजनीतिक भागबन्डाका कारण क्याम्पसहरुले विद्यार्थीको विश्वास गुमाउदै गएको उनको धारणा थियो ।’ ‘

‘सरकारले ठुलो लगानी गरेको शिक्षाको प्रतिफल छैन, अर्कातिर विद्यार्थीहरु विदेश पढ्न जाने क्रम बढ्दो छ, मुलुकको शिक्षा क्षेत्र अस्तव्यस्त छ ’ उनले भने ।  संघीयता महंगो भयो भनेर हल्ला गरिएपनि जनताको हितको लागी यो व्यवस्था राम्रो भएको गुरुङले बताए । प्रदेश सरकारले एक वर्षसम्म विकासको जग र आधार तयार पारेको उनको भनाई थियो । प्रदेश सरकार शुन्यताबाट सुरु भएको थियो , नत हामीसँग अनुभव थियो, नत कर्मचारी, बजेट र नियम नै यो वर्ष यी सबैको जग निर्माण गरियो उनले भने ।

त्यस्तै प्रदेश सभा सदस्यहरु आशा कोइराला, दोवाटे विक, रोशनबहादुर गाहा मगर प्रदेशका मुख्य सचिव लक्ष्मीराम पौडेल , संविधान सभा सदस्य रामचन्द्र पोख्रेल  लगायतले प्रथामिकताका आधारमा विकास निर्माणका कार्यहरु सम्पन्न गर्दै जाने बताए । मुलुकमा शैक्षिक वेरोजगार धेरै भइसकेको अवस्थामा डिग्री पश्चात स्वरोजगार हुनसक्ने खालको प्राविधिक शिक्षाको विकल्प नभएको उनीहरुले धारणा व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, म्याग्दे गाँउपालिका प्रमुख मायादेवी राना, गाँउपालिकाका उपप्रमुख बालकृष्ण घिमिरे, नेकपाका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ लगायतले बोलेका थिए ।

jutta mela

विद्यालयमा प्राविधिक शिक्षाको पूर्वाधार निर्माणका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ । १९ गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत ज्ञानमहायज्ञबाट ५ करोड भन्दा बढी आर्थिक संकलन गर्ने आयोजकले लक्ष्य लिएको छ  ज्ञानमहायज्ञमा बालयोगेश्वर महाराज प्रमुख वाचक रहेका छन् । महायज्ञमा विवाह, ब्रतबन्ध, तुलादान, चौरासीपूजा, लक्ष्यवर्ती लगायतका कार्यक्रम हुने बताइएको छ ।

You might also like

Comments are closed.