शिखरले पोखरामा जुत्ताचप्पलको एकल सेल मेला गर्ने, अविश्वसनीय मूल्यमा उपलब्ध गराउने

आर्थिक आवाज

पोखरा पुष १८
शिखर सुजले पोखरामा विहीबारदेखि एकल सेल मेला गर्ने भएको छ । पोखराको ट्रेड मल अगाडि स्काइ ब्राण्डको सोरुम परिसर भित्र हुने सेल मेलामा अविश्वसनीय मूल्यमा पोखरेलीलाई शिखरका जुत्ता उपलब्ध गराइने प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले बताए ।
उनका अनुसार मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुनेछ । पोखरेलीलाई नेपाली जुत्ता सहज रुपमा उपलब्ध गराउन सेल मेला गर्न लागिएको प्रसाईको भनाइ छ ।

शिखरले पोखरामा गर्ने एकल सेल मेला जुत्ता चप्पल किन्नेहरुका लागि निकै सस्तोमा लिने मौका हुनेछ । अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ता चप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन् प्रबन्ध निर्देशक प्रसाइले भने, पोखरामा यस्तो अबसर फेरि नआउन सक्छ ।

मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध हुने छन् । नयाँदेखि स्टकमा रहेका जुत्ता स्टक क्लियरेन्स गर्ने गरी शिखरले मेलामा राख्दैछ । स्टक क्लियरेन्स गर्ने जुत्ता सोलकै मोलमा उपलब्ध गराउने छौं, प्रसाईंले भने ।
मेलामा महिलाका लागि समेत जुत्ताचप्पल उपलब्ध हुनेछन् । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता मेलामा उपलब्ध गराउने जनाएको छ ।

You might also like

Comments are closed.