पोखरा, १७ चैत
छोरेपाटनमा रहेको शितल चौतारी टोल विकास संस्थाको १८ औं साधारण सभा तथा ९ औं अधिवेशनले पुनः हरिप्रसाद लम्सालको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ।
संस्थाको उपाध्याक्षमा कृष्णप्रसाद पोखरेल, सचिवमा कृष्णप्रसाद वराल, सहसचिवमा मिना पोखरेल, कोषाध्यक्षमा शंकरप्रसाद वराल, सहकोषाध्यक्षमा मित्रराज वराल र सदस्यहरुमा आनन्दप्रसाद अर्याल, विष्णुकुमारी थापा र शोभा खत्री चयन भएका छन् । त्यसै गरी लेखा समितिको संयोजकमा धर्मराज वराल, सदस्यमा वेदप्रसाद ढकाल र धर्मराज अर्याल तथा कर्जा लगानी संयोजकमा जयबहादुर पौडेल र सदस्यमा राजेन्द्रप्रसाद आचार्य र रामप्रसाद ढकाल चयन भएका छन्।
अवसरमा पोखरा १७ का कार्यवहाक अध्यक्ष बैकुण्ठ भण्डारी, सल्लाहाकार तुलसीराम वराल, पुर्व अध्यक्ष धर्मदत्त तिमिल्सिना, राधाकृष्ण मन्दिरका अध्यक्ष पं. पुण्यप्रसाद वराल, दुर्गा मन्दिरका अध्यक्ष पदमबहादुर थापा, छोरेपाटन टोल सुधार समितिका सचिव लक्ष्मी अधिकारी, स्याङ्जाली सम्पर्क समितिका महासचिव धर्मराज अर्याल, मानव सेवा आश्रमका प्रमुख होमनाथ तिमिल्सिना, साधारण सदस्य कृष्णप्रसाद लम्साल, शितल चौतारी आमा समुहकी अध्यक्ष हरिमाया वरालले शुभकामना मन्तव्य दिएका थिए।

साधारण सभामा प्रयोगमा हुने खादा, माला, व्याच लगाएतका अनावश्यक खर्च पुर्णरुपमा निषेध गरि सो वापतको रकम मानव सेवा आश्रम, पोखरा १७ लाई प्रदान गरिएको थियो । सो अवसरमा ११ हजार एक सय ११ रुपैया नगद आश्रमका अध्यक्ष होमनाथ तिमिल्सिनालाई टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद लम्सालले प्रदान गरेका थिए ।
संस्थाका अध्यक्ष हरिप्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कृष्णप्रसाद पोखरेल, धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष इश्वरीप्रसाद लम्साल र कार्यक्रम संचालन सचिव कृष्णप्रसाद वरालले गरेका थिए ।
Comments are closed.