शिरोमणि मार्गमा सडक बत्ती जडान

आर्थिक आवाज

लेखनाथ २३, मंसिर । पोखरा –२७ स्थित शिरोमणिमार्गमा सडक बत्ती जडान गरिएको छ । स्थानीय श्री लक्ष्मी आर्दश टोल विकास संस्थाको अग्रसरतामा र पोखरा महानगरपालिका वडा नंं २७ को सहयोगमा मार्गमा ११ वटा सडक वत्ति जडान गरिएको हो ।

उक्त मार्गमा रातिको समयमा हुन सक्ने विभिन्न अपराधहरुलाई न्यूनीकरण गर्न सहयोग पुग्ने उदेश्यका साथ सडक बत्ती जडान गरिएको वडा नंं २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङले जानकारी दिए । उक्त मार्गमा विभिन्न रुखहरुका कारण अध्याँरो हुने र लागुपदार्थ दुव्यसनीहरु जम्मा हुने स्थानीयहरुको गुनासो आएपछि सडक बत्ति राख्न पहल गरिएको टोल विकास संस्थाका अध्यक्ष राजु अधिकारीले जानकारी दिए ।

सडक बत्ती जडान सँगसँगै बाटो छेउछाउका रुखहरु र झाडीहरु पनि सफाई गरिएको टोल विकास संस्थाका सचिव जयराम राजभण्डारीले जानकारी दिए ।

द्द ब्ततबअजmभलतक

You might also like

Comments are closed.