शिवालय माविको पूर्व विद्यार्थी मञ्चमा सुवेदी

पोखरा, ७ माघ
कास्कीको रुपा गाउँपालिका–२,थुम्की स्थित शिवालय माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको भेलाले राजन सुवेदीको अध्यक्षतामा भूतपूर्व विद्यार्थी मञ्च तदर्थ समिति गठन गरेको छ । शनिबार आयोजित भेलाबाट मञ्चको उपाध्यक्षमा शिव सुवेदी, सचिवमा पोष्टराज सुवेदी,कोषाध्यक्षमा प्रदिप सुनाम र सहसचिवमा कृष्णा सुवेदी ओझालाई चयन गरेको छ । मञ्चका सदस्यहरुमा उदय ओझा,आशिष ओझा,भगवान ओझा र ऋषिराम ओझा चयन भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीका रुपमा लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष राजेन्द्र ओझा,लेखनाथ सामुदायिक प्रहरी सेवाका अध्यक्ष रमेश ओझा,रुपा गाउँपालिका वडा नं. २ मा सदस्य बद्रिनाथ ओझा,पूर्व प्रधानाध्यापक रोशनलाल गुरुङ,उदय ओझा लगायतले बोलेका थिए ।

नवनिवार्चित अध्यक्ष सुवेदीले शिवालय माविको चौतर्फी विकासका लागि भूतपूर्व विद्यार्थीहरुको सहयोग जुटाउन आफूहरु लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । शिवालयले देशका प्रतिष्ठित व्यक्तित्वहरु जन्माएको स्मरण गर्दै आफुहरुले विद्यालयको समग्र विकासमा महत्वपुर्ण योगदान गर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले सहजीकरण गरेको कार्यक्रमबाट सर्वसम्मत चयन भएको समितिको पहिलो बैठकले डा. सोमलाल सुवेदी, डा.रामनाथ ओझा,डा.नारायण ओझा,रोशनलाल गुरुङ र ई. झलक मोहन ओझालाई समितिको सल्लाहकारमा चयन गरेको छ ।

You might also like

Comments are closed.