शिशु निकेतनको ३५ औं वार्षिकोत्सव सम्पन्न

माघ २७, पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १७ मा स्थित शिशु निकेतन सेकेण्डरी ईङ्गिलस स्कुलको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार विविध कार्यक्रम गरी मनाइएको छ ।  कार्यक्रमको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसिले उद्घाटन गर्दै पोखरा आफैमा महँगो शहर भएकोे कारणले स्कुलहरुलाई प्रतिस्पर्धामा रहेर दक्ष जनशक्ति निकाल्न एउटा चुनौती रहेको बताए ।
स्वरोजगारको ग्यारेन्टी दिन महानगरको ध्यानाकर्षण भएको भन्दै समाजमा रहेका संस्कृति, संस्कारलाई बिर्सदै गएको अवस्थामा विद्यालयहरुले पनि सबै बिषयबस्तुलाई समायोजन गर्दै अगाडी बढ्नुपर्नेमा  जोड दिए ।

कार्यक्रमका अध्यक्ष विद्यालय ब्यबस्थापन समितिका बरिष्ठ सदस्य एवं नेपाल मानव अधिकार मञ्चका अध्यक्ष एवं नवदक्त ढुंगानाले शैक्षिक क्षेत्रमा फरक छबि बनाएको बताउँदै पैतिस बर्ष पूरा गरेको जानकारी दिए ।
‘जीवनका लागि शिक्षा’ नाराका साथ भएको अभिभावक दिवसमा प्राचार्य नरेन थापाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त विद्यालय राष्ट्रको एउटा प्रसिद्ध विद्यालय बन्न सफल भएको बताए । उक्त प्रतिवेदनमा विद्यालयको शैक्षिक गतिविधि, विद्यार्थीहरुले विभिन्न प्रतियोगिताहरुमा प्राप्त गरेका उपलब्धीका साथै विद्यालयमा स्थापना भएका विभिन्न छात्रवृति पुरस्कारहरुको वारेमा उल्लेख गरिएको थियो ।

सोही अवसरमा अभिभावकको तर्फबाट आफ्ना भनाई राख्दै नेपाल पत्रकार महासंघ, कास्कीका उपाध्यक्ष बिमला भण्डारीले विद्यालयले शैक्षिक क्षेत्रमा हाँसिल गरेको सर्वोत्कृष्टता कारण आफ्ना बालबालिकलाई सोही विद्यालयमा पढाउन प्रेरित भएको बताइन् ।
कार्यक्रममा प्याब्सन कास्कीका बरिष्ठ उपाध्यक्ष मथुरा पौडेलले नेपालमा अवसरहरु प्रशस्तै रहेता पनि शैक्षिक क्षेत्रमा राज्यको अस्पष्ट नितीका कारण समस्या झेल्नु परेको बताए । साथै उहाँले विद्यालय भविष्य निर्माण गर्ने थलोका रुपमा रहेको उल्लेख बताए ।

बिधालयमा लामो समय शैक्षिक कार्य गरि उत्कृष्ट योगदान पु¥याउने शिक्षक, एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । बशेष रत्न पुरस्कारबाट मिस एसईई–२०७३ सम्मान, अतिरिक्त क्रियाकलाप एवं खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

You might also like

Comments are closed.