काठमाडौं ।पछिल्लो समय सुनचाँदीको मूल्य घट्ने बढ्ने क्रम चलिरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेको छ ।
बिहीबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य शुक्रबार ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँ बढेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ छ ।
शुक्रबार चाँदीको मूल्य स्थिर छ । चाँदकिो मुल्य प्रतितोला १ हजार २ सय रुपैयाँ कायम भएको छ ।
Comments are closed.