शुक्रवार देखी खैरेनीटार महोत्सव सुरु हुने , तयारी अन्तिम चरणम

तनहुँ, चैत २०
तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाई र शुक्लागण्डकी नगरपालिकाकोको आयोजनामा शुक्रवार देखी खैरेनीटारमा सञ्चालन हुने एघारौँ संस्करणको खैरेनीटार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्र्धन खैरेनीटार महोत्सव कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ आयोजित महोत्सव आगामी बैशाख ३ गतेसम्म सञ्चालन हुने बजार इकाईका सभापति तथा महोत्सव मुल संयोजक पुर्ण बहादुर कायस्थले जानकारी दिए ।

बुधवार महोत्सव परिसरमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी सम्बन्धमा जानकारी गराउर्दै महोत्सवका निर्देशक समुन्द्रराम श्रेष्ठले महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगेको जानकारी दिए । साथै त्यस क्षेत्रको सास्ंकृतिक विविधताको संरक्षण गरी आर्थिक तथा सामाजिक विकासका लागी उद्योग, व्यापार, स्वास्थ्य, कृषि शिक्षा, पर्यटन र खेलकुद प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरेको जानकारी दिए ।

अघिल्ला वर्षको महोत्सव भन्दा भिन्न भएको दावि गर्दै महोत्सवका प्रवक्ता एवम् तनहुँ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष हरि थापाले यस पटक मनोरञ्जनसंगै सन्देशमुलक कार्यक्रमहरु समेत समेटिने बताए । महोत्सवले शुक्लागण्डकी नगरपालिकामा रहेका पर्यटकीय तथा धार्मिक स्थललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउने विश्वासले पनि महोत्सव अवधिमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई दगाम, भुजिकोट, तीनखोले मन्दिर, ढोर बराही मन्दिर, सेती नदी किनारमा रहेको प्राकृतिक रक गार्डेन भ्रमण गराइने थापाले बताए ।

त्यस्तै विभिन्न जातजातीको सांस्कृतिक झाँकी प्रदर्शन, भिमाद नगरपालिका स्थित भावरमा रहेको सिद्धगुफा, नागगुफा र ८४ हजार ऋषिहरुले तपस्या गरेको तपभुमि, पुराना शिलालेख र शिव मन्दिर, धन्दुर सिद्धगुफा, चमेरे गुफाको अवलोकन महोत्सवको आकर्षणको रुपमा रहेको छ ।

त्यस्तै प्रदेश तारा गायन प्रतियोगिता, विभिन्न सुचनामूलक कार्यक्रम, दैनिक उपभोग्य वस्तु तथा सेवाको प्रर्दशनी तथा विक्री, जातजातीका खानाका परिकार प्रर्दशन, धार्मिक पदयात्रा, अटोमोवाइल विक्री तथा प्रदर्शन, स्थाीय उत्पादनको प्रर्दशन तथा विक्री, बाल उद्यान तथा रमाइलो मेला, कन्सर्टर कलाकारहरुको सांस्कृतिक प्रस्तुती महोत्सवका थप आकर्षणको रुपमा रहेका छन् ।  खुल्ला नृत्य प्रतियोगिता, खुल्ला भलिबल प्रतियोगिता, छेलो तथा तानडोरी प्रतियोगिता र व्याडमिन्टन लगायतका प्रतिगिता समेत सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा खानाका १०, कृषि उत्पादका २०, अटो कम्पनीका १०, व्यपारीक १३१, घरेलु तथा हस्तकलाका १५, सेवामुलक संस्थाका प्रर्दशनी र अन्य विभिन्न गरी २२५ स्टर रहने आयोजकले जानकारी दिएको छ ।  महोत्महोत्सव प्रवेशका लागि टिकट दर ६० रुपैयाँ तोकिएको छ भने विद्यार्थीलाई ४० रुपैया टिकट दर कायम गरिएको छ । महोत्सवको २ लाख दर्शकले अवलोकन गर्ने र ४ करोड ५० लाख आर्थिक कारोबार गर्ने आयोजकको अनुमान छ ।

आयोजकले महोत्सव अवधिमा २ लाख आन्तरिक तथा बाह्य पर्यटकहरुले विभिन्न पर्यटकीय क्षेत्रहरु अवलोकन गर्ने लक्ष्य राखेको छ भने ४ करोड ७५ लाख बराबरको आर्थिक करोबार हुने अनुमान गरेको छ । महोत्सवबाट भएको मुनाफा सामाजिक कार्यमा खर्च गर्ने आयोजकले निर्णय गरेको छ । यसका लागी सामाजिक विकास कोष स्थापना गरी कोषमा १ लाख जम्मा गर्ने प्रवक्ता थापाले बताए ।

महोत्सव नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।  तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुका साथै बजारीकरणमा समेत टेवा पुग्ने बताए । कार्यक्रममा ईकाइका पुर्व सभापति हरिकुमार श्रेष्ठ, सचिव गंगाराम श्रेष्ठ लगायतले बोलेका थिए । महोत्सवलाई खैरेनी युवा क्लब, खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्था र नव युनाइटेड क्लबको विशेष सहयोग रहनेछ

You might also like

Comments are closed.