आर्थिक आवाज
पोखरा । कृषि कार्यका लागि स्थापना गरिएको शुभेच्छा एग्रो ग्रुपको तेस्रो अधिवेशनले कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा ९ सदस्य संचालक समिति चयन गरेको छ । समिति संचालकहरुमा सरिता ताम्राकार, कृष्ण थापा, सुशील केसी, गोविन्द पौडेल, अमृत पोख्रेल, यम प्रसाद पौडेल, माधव प्रसाद आचार्य र संजय लाभाजू छन् ।
२०६७ मा स्थापना भएको प्रा.लि.ले कृषि प्रवद्र्धन कार्यका लागि मादी गाउँपालिकामा आवश्यक जग्गा खरिद सहितको योजना सम्पन्न गरेको छ । ग्रुपका अध्यक्ष नन्दराम गिरीको सभापतित्वमा भएको कार्यक्रममा संचालक सदस्य दामोदर चालिसे, सुरेन्द्रमान विजुच्छे, ई. राजेन्द्र ढकाल, गौतम विजुच्छे, पत्रकार कमल पौडेल अथक, व्यवसायी सुशील के.सी., कृष्ण प्रसाद सापकोटा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।