शुभ जगदम्बाको टिकट अनलाइनबाट, डिलक्स बसमा सहज यात्राको सुविधा

आर्थिक आवाज
पोखरा, १ पुस । पर्यटकीय नगरी पोखरा घुम्न आउँदै हुनुहुन्छ ? पोखरा घुम्न आउँदै हुनुुहुन्छ भने अब तपाईं टिकट काट्न बसपार्कसम्म पुग्नु पर्दैन । शुभ जगदम्वा टुर्स एण्ड ट्राभल्स पोखरा प्रा.लि.ले अनलाइन मार्फत टिकट दिन सुरु गरेको छ । घरमै बसेर अनलाइनमार्फत टिकट काटेर सुविधासम्पन्न पर्यटकीय बसमा यात्रा गर्न सकिने सुविधा प्रालिले उपलब्ध गराएको छ ।

ट्राभल्सको विहानी सेवाको बस काठमाडौंको सुन्धारास्थित सिभिल मलबाट छुटेर कान्तिपथ, लैनचौर, ठमेल हुँदै बालाजुबाट छुट्नेछ भने रात्री सेवा गोगवु बसपार्कबाट छुटेर पोखराको बागलुङ वसपार्कसम्म पुग्नेछ । पोखराबाट बागलुङ बसपार्कबाट छुटेर जिरो किलोमिटर, हल्लनचोक हुँदै टुरिस्ट बसपार्कबाट छुट्नेछ । अनलाइन टिकटसँगै यात्रुहरुले www.shuvajagadambatravels.com.np, बससेवाडटकम, इसेवाडटकमडटएनपीबाट सिधै टिकट काट्ने सुविधा मिलाएको प्रालिले जनाएको छ ।

यात्रुहरुले अनलाइन टिकट काटिसकेपछि आइएमइ पे, आइपे, एससिटी कार्डलगायत पमेन्ट गेटवेका साथै अधिकांश मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिकमार्फत रकम भुक्तानी गर्न सक्ने छन् । लामो समयदेखि काठमाडौंबाट पोखरासम्म पर्यटकीय बस तथा डिलक्स बस सेवा संचालन गर्दै आएको शुभ जगदम्वा टुर्स एण्ड ट्राभल्स कम्पनीपूर्ण रूपमा अटोमेसनमा गएपछि अनलाइनबाट टिकट दिनसुरु गरेको हो ।

कम्पनी सञ्चालक दामु अधिकारीले आफ्नो कम्पनीका बसको टिकट काट्न काउन्टरमा आउनु पर्ने बाध्यता हटेको बताए । ‘यसले समय र अतिरिक्त खर्चको बचाउ समेत गरेको छ,’ उनले भने, ‘हामीले पर्यटक बस तथा डिलक्स बसमा हुनुपर्ने सबै किसिमका मापदण्ड समेत अपनाएका छौं ।’ पर्यटक बसमा एसी, एलइडी टिभी, पानी तथा आरामदायी सिटको सुविधा छ । ‘निकट समयमै अझै स्तरीय बस सञ्चालन गर्नेछौं,’ उनले भने ।

You might also like

Comments are closed.