शैक्षिक परामर्श दिनु सबैभन्दा पवित्र काम होः रवि झा

रवि झा
प्रमुख कार्यकारी अधिकृत, वान अप प्रा.लि

अध्ययनको लागि विद्यार्थी विदेश जाने क्रम कस्तो छ ?
उच्च शिक्षा अध्ययनको लागि विदेश जाने क्रम बढ्दो छ । यो पहिलेपनि थियो र अहिले झन् बढ्दो क्रममा रहेको हो । पहिले अध्ययनको लागि मात्र विदेश जाने चलन थियो । अहिले विदेश गईसकेपछि उतै सेटल हुने चलन बढेका कारणले पनि विदेश जानेको संख्या बढेको हो । शिक्षा विद्यार्थीको करियरसँग जोडिएको कुरा हो । उज्ज्वल भविष्यको लागि विद्यार्थी विदेश जाने गर्दछन् । अभिभावकहरु पनि आफ्ना बाबु नानीहरुलाई विदेश पठाउन चाहन्छन् । किनकि अहिले विद्यार्थीसँगै अभिभावकहरु पनि आफ्ना सन्ततीको भविष्यप्रति सचेत छन् । ऋण, धन गरेर भएपनि विदेश पठाउन सकेमा सन्ततीको भविष्य उज्वल हुन्छ भन्नेमा अभिभावकहरुपनि कन्भिन्स छन् । यद्वपी विदेशमा अध्धयन गर्न जाने क्रेज बढेसँगै विकृति तथा विसंगती पनि भित्रिएका छन् । कतिपय विद्यार्थीले अध्ययनलाई भन्दा काम तथा उतै सेटल हुने कुरालाई प्राथमिकता दिएको पाईन्छ । धेरै विद्यार्थी भने उच्च शिक्षा कै लागि विदेश जान चाहन्छन् ।

मेगा एजुकेसन फेयर गर्नुको उद्देश्य के हो ?
मेगा एजुकेसन फेयर विद्यार्थी तथा तिनका अभिभावकका लागि यो एक सुनौलो अवसर हो । विश्वव्यापी रुपमा जति पनि शैक्षिक गन्तव्यहरु छन् ति सवै स्थानका बारेमा मेगा एजुकेसन फेयरमा जानकारी दिने व्यवस्था हुन्छ । अभिभावकले एजुकेसन फेयरमा आएर ति शैक्षिक गन्तव्यहरुबारे जानकारी लिन सक्छन् त्यो पनि निःशुल्क रुपमा । आफूलाई लागेका कुराहरु सोधेर जिज्ञाशा मेटाउन सक्नछन् विद्यार्थी र तिनका अभिभावकले । हो त्यसैले यो एउटा सुनौलो अवसर हो । सँधै यस्तो कहाँ हुन्छ ? प्रत्यक्ष कलेजका सम्बन्धित व्यक्तिहरु भेट्नु, उनीहरुसँग कलेज तथा युनिभर्सिटीको बारेमा, कलेजले लिने शुल्कको बारेमा, स्कलरसीपको बारेमा, अध्ययन गर्न जाँदा त्यहाँको बसाईको बारेमा, अध्ययन र त्यसपछिको भविष्य लगायतबारे एकै थलोमा जानकारी लिन पाउनु त दुर्लभ हुन्छ । तर मेगा एजुकेसन फेयरले यो अवसर जुराईदिएको छ । अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा विभिन्न युरोपियन देशमा अध्ययनको लागि जान चाहने विद्यार्थीको लागि फेयर महत्वपुर्ण छ ।

धेरै भन्दा धेरै कुराको परामर्श एजुकेसन फेयरमा लिन सकिन्छ । करियर ओरिएन्टेड परामर्श लिन सकिन्छ । सत्य तथ्य जानकारी लिन पाईन्छ । कन्सल्टेन्सीले पनि सही तथा सत्य जानकारी दिन्छन् । कुन कन्सल्टेन्सी कस्तो छ विद्यार्थी र अभिभावकले त्यहिं जानकारी लिएर राम्रो र नराम्रो छुट्याउन पाउँछन् । विद्यार्थीलाई आफ्नो क्षमता, स्तर, रुची, आर्थिक स्तर अनुशारको कलेज तथा युनिर्सिटी छनोट गर्न सहज हुन्छ । अवसरको सृजना गर्नु मेलाको उदेश्य हो । नेपाली विद्यार्थी शैक्षिक अध्ययनका लागि जान चाहने प्रायः सवै देश, कलेज तथा युनिभर्सिटीहरु एजुकेसन फेयरमा समेटिएको छ । करिव २० भन्दा धेरै कन्सल्टेन्सीको सहभागिता फेयरमा रहन्छ । लामो अनुभव भएका कन्सल्टेन्सी पनि फेयरमा रहन्छन् । विभिन्न जानकारी लिनको लागि उपयुक्त स्थान फेयर हो । छोटो समयमा नै धेरै कुराको जानकारी लिन सकिन्छ ।

प्रचारप्रसार कसरी गर्नुभएको छ ?
हामीले विभिन्न मिडिया तथा सामाजिक सञ्जालबाट प्रचार प्रसार गरिरहेका छौ । कलेजहरुमा पनि पत्र पठाएका छौं । मेलाको उद्धेश्य के हो र किन आउने भन्ने कुरा हामीले जानकारी दिएका छौ । ठाउँठाउँमा ब्यानरहरु टाँगेका छौं भने ब्रोसरहरु वितरण गरिरहेका छौं । हामीले मिडिया अन्तर्गत रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाईन सञ्चार माध्यममार्फत एजुकेसन फेयरको प्रचारप्रसारलाई तिव्र बनाएका छौं ।

फेयरको टार्गेट ग्रुप कुन हो ?
फेयरको मूख्य टार्गेट ग्रुप भनेको विद्यार्थी र तिनका अभिभावक हो । अझ स्पेसिफिक भन्ने हो भने जो विद्यार्थी अध्ययनका लागि विदेश जान चाहन्छ वा वैदेशिक शिक्षा लिन चाहन्छ ति विद्यार्थी तथा तिनका अभिभावकहरु नै हाम्रो मुख्य टार्गेट हो । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावक सकभर नछुटुन् भन्ने हाम्रो उद्धेश्य हो । यद्वपी हामी नबुझीकन विदेश जाने भन्दापनि बुझेर विदेश जाउन् र भविष्य उज्यालो होस्, कोहि कसैको भविष्य नबिग्रियोस् भन्ने उद्धेश्यले नै हामीले शैक्षिक मेला आयोजना गरेका हौं । सङ्ख्यात्मक भन्दा पनि गुणत्मक सहभागितालाई प्राथमिकता दिएका छौं । पोखराका विद्यार्थीको यसमा विशेष चासो रहन्छ ।

कन्सलटेन्सीले युवालाई विदेश पलायन गराएको आरोप लाग्छ, के भन्नुहुन्छ ?
शैक्षिक परामर्श भनेको सवैभन्दा पवित्र काम हो । मानिसहरुले युवा पलायन बढाएको तथा बेच्ने पेशा भनेर जुन आरोप लगाउँछन् त्यो सर्वथा झुट हो । म यो मान्न तयार छैन । १÷२ कन्सल्टेन्सीले नराम्रो काम गरे भनेर सबैलाई त्यही तरिकाले हेर्नु हँुदैन । यस्ता गलत सोंच तथा भ्रमलाई चिर्न पनि फेयर सफल हुनेछ । अध्ययनको लागि विद्यार्थी विदेश जानुलाई ब्रेन ड्रेन भन्न मिल्दैन । यो ब्रेन गेन हो । जुन स्तरको शिक्षा हासिल गर्न विद्यार्थी विदेश गएका छन् सो स्तरको शिक्षा नेपालमा नै दिने हो भने विदेश जाने क्रम धेरै कम हुन्छ । विदेश अध्ययन गर्न जान चाहने विद्यार्थी भ्रममा नपरुन् तथा कुनै किसिमको अन्योलता नआओस भनेर हामीले काम गरिरहेका छौं । हामी सकभर विद्यार्थीले नेपालमै अध्ययन गरुन् भन्ने चाहन्छौं । तर विदेश जाने नै हो भने सुरक्षित रुपमा जाउन् । उनीहरुलाई विदेशमा कुनै समस्या नपरोस् भन्ने चाहन्छौं । त्यसका लागि यहिं वैदेशिक शिक्षाबारे परामर्श लिएर जानुपर्छ । नत्र बिचमै अलपत्र पर्ने, कलेज नै बन्द भएर यता न उताको हुने, स्करलरसीप नपाउनेलगायतका समस्या आइपर्न सक्छन् ।

फेयर उद्देश्य अनुशार सफल हुन्छ ?
पोखरामा अहिलेसम्म गरिएका फेयरहरु सफल भएका छन् । हामीलाई विश्वास छ यसपटकको फेयरपनि राम्रोसँग हुन्छ र सफल हुन्छ । हामी फेयरमा व्यापार गर्दैनौं र गर्न दिदैनौं । बरु विद्यार्थीले यहाँबाट धेरै भन्दा धेरै फाइदा लिनसक्छन् । हामी विद्यार्थी र अभिभावक लाभान्वित हुन् भन्ने चाहन्छौं । त्यसका लागि उनीहरुले यो शैक्षिक मेलालाई उपयोग गरुन् । त्यो भयो भने हामी पूर्ण रुपमा सफल हन्छौं र हाम्रो उद्देश्य पनि सफल हुन्छ ।

फेयरमा कलेज तथा युनिभर्सिटीका प्रतिनिधकिो सहभागिता पनि रहन्छ ?
हो एजुकेसन फेयरमा विदेशमा रहेका विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुको पनि सहभागिता रहन्छ । फेयरमा १२ वटा कलेका प्रतिनिधि आउँदैछन् । त्यसैले म भनिरहेको छु कि यो विद्यार्थीका लागि अवसर हो । विभिन्न देशका कलेज तथा युनिभर्सिटीका प्रतिनिधि स्वयम् आएर विद्यार्थी र तिनका अभिभावकहरुसँग साक्षात्कार गर्छन् । विद्यार्थीले उनीहरुलाई प्रत्यक्ष रुपमा भेटेर आफूलाई लागेका कुराहरु सोध्न सक्छन् । यहाँ भेटेपछि कुनै दिन उनीहरुको कलेज तथा युनिभर्सिटी गएमा एउटा छुट्टै आत्मियता पनि हुन्छ । किप इन टचमा बसेर पछिसम्म पनि रिलेसन बनाउन सकिन्छ ।

कुनकुन देश विद्यार्थीको रोजाईमा पर्ने गरेका छन् ?
हाल खासगरेर अष्ट्रेलियासँगै क्यानडा, यु.के लगायतका देश धेरै विद्यार्थीको रोजाईमा पर्ने गरेका छन् । अष्ट्रेलिया, क्यानडा, न्युजील्याण्ड, युएसए, जापान तथा युरोपियन देशका शैक्षिक गन्तव्यलाई फेयरमा प्रोमोट गर्छौं । २० भन्दा धेरै कन्सल्टेन्सी फेयरमा सहभागी हुन्छन् ।

अन्य मेला भन्दा यो फेयर कसरी फरक छ ?
अन्य मेला भन्दा यो फेयर धेरै फरक छ । अन्य मेला व्यापारिक हुन्छ । त्यहाँ घाटा र नाफाको कुरा हुन्छ । तर हामी नितान्त विद्यार्थीको फाइदा हेर्छौं । विद्यार्थीलाई सहज होस भनेर फेयर आयोजना गर्छौं । विद्यार्थीले धेरै कुराको जानकारी एउटै स्थानमा पाउँछन् । शनिवार आईएलटिएस गरिरहेका विद्यार्थीको लागि फ्रि सेसन पनि चलाउँछौं । यसमा आईएलटिएसको स्कोरका बारेमा तथा अन्य विविध जानकारी दिन्छौं । मेलामा आउने हरेक विद्यार्थीलाई हामी केही न केही मायाको चिनो प्रदान गर्छौं ।

You might also like

Comments are closed.