शैक्षिक परामर्श सेवामा बेकनको अलग पहिचान छ : अर्याल

रुद्रप्रसाद अर्याल
प्रवन्ध निर्देशक
बेकन प्रिमियर इन्टरनेशनल एजुकेसन

शैक्षिक परामर्श सेवा व्यवसायमा आबद्ध युवा व्यवसायी रुद्र प्रसाद अर्यालले पोखराको सिद्धार्थचोकमा बिगत १० वर्षदेखि बेकन प्रिमियर इन्टरनेशनल एजुकेसन सञ्चालन गरिरहेका छन् । कन्सल्टेन्सीले विशेष गरी अष्ट्रेलिया र न्युजिल्याण्डलाई लक्षित गरी परामर्श सेवा प्रदान गरिरहेको छ । बेकनका विशेषता, परामर्श सेवाका विशेषता, आइएलटिएस कक्षा लगायत विविध विषयमा केन्द्रित रहेर अर्यालसँग आर्थिक आवाजले गरेको कुराकानीः

बेकन प्रिमियर इन्टरनेशनल एजुकेसन सञ्चालन गर्नुको उद्देश्य के हो ?
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्ने उद्देश्यले बेकन एजुकेसन सञ्चालनमा ल्याएका हौं । विशेष गरी अष्ट्रेलिया, न्युजिल्याण्ड लगायतका देश जाने विद्यार्थीलाई फोकस गरेर हामीले परामर्श सेवा दिदै आइरहेका छौं । आइएलटिएसको तयारी कक्षा पनि हामीले संचालन गरेका छौं । नेपाली विद्यार्थीको लागि अष्ट्रेलिया, न्युजील्याण्ड उत्कृष्ट गन्तव्य बन्न सफल भएका छन् । हामीले विद्यार्थीलाई ती देशको बारेमा जानकारी दिने गर्दछौं । पोखरामा धेरै कन्सल्टेन्सीको भिडमा हामीले अलग पहिचान बनाउन सफल छौं ।

विद्यार्थीलाई कसरी परामर्श दिनुहुन्छ ?
हामीले विद्यार्थीको स्तर, क्षमता, रुची, चाहना, उद्देश्य तथा परिवारको आर्थिकस्तर अनुसार परामर्श सेबा दिने गर्दछौं । विद्यार्थीको आवश्यकता तथा रुची अनुसारको कलेज तथा युनिभर्सिटी छान्न हामी सहयोग गर्छौं । विद्यार्थीलाई विदेश पठाउने मात्र नभई उनीहरुको करियर राम्रो बनाउने काम हाम्रो हो । हामीले जिम्मेवार भएर यि काम गरिरहेका छौं । विदेश जाँदा अपनाउनुपर्ने प्रक्रियाको बारेमा हामी जानकारी दिन्छौं भने भिजाको लागि कस्ता डकुमेन्ट आवश्यक पर्छ, विद्यार्थी के के कुराहरुमा सचेत भएर विदेश जानु पर्छ, देशको भिजा पोलिसी कस्तो छ यसको बारेमा हामी जानकारी दिन्छौं । विद्यार्थी गइसकेपछि पाउने अवसर र सामना गर्नुपर्ने चुनौतिको बारेमा जानकारी दिन्छौं । उच्च शिक्षाका लागि विदेश जानु अगाडि विद्यार्थीलाई हतारमा निर्णय नगरी सोचेर मात्र निर्णय गर्न म आग्रह गर्दछु ।

बेकनमा परामर्श लिएर उच्च शिक्षा अध्ययनका लागि विदेश पुुगेका विद्यार्थीको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
बेकनले सेवा शुभारम्भको झण्डै एक दशक पुरा गरिसकेको छ । यस अवधिमा हामीले धेरै विद्यार्थीहरु र अभिभावकहरुको माया र साथ पाउन सफल छौं । विद्यार्थीले हामीप्रति गर्नुभएको विश्वासलाई हामीले न्याय गर्न सफल भयौं भन्ने मलाई लाग्छ । विद्यार्थीबाट प्राप्त स्वच्छ तथा सकारात्मक प्रतिक्रियाले नै हामीलाई प्रोत्साहन गरेको छ । बेकनमा आएर परामर्श दिने विद्यार्थीको संख्या पनि बढिरहेको छ । विद्यार्थी तथा अभिभावको बीचमा हामी लोकप्रिय बनेका छौं । हामीले सबैको विश्वास जित्न सफल भएका छौं ।

बेकनका लक्षित विद्यार्थीहरु को–को हुन् ?
हामीसँग भेटेर परामर्श लिन जो सुकै विद्यार्थी अभिभावकले पनि सक्नुहुन्छ तर वैदेशीक अध्ययनमा जानको लागी विद्यार्थी कम्तीमा प्लस टु पास र व्याचलर अथवा मास्टर डिग्री पास गरेको हुनुपर्छ । हामीले पछिल्लो समयमा वैदेशिक अध्ययनको लागि परामर्श मात्र प्रदान नगरी करियर काउन्सिलिङ गर्दै आएका छौं । स्वदेशमै पढ्न चाहने तथा विदेश गएर पढ्न चाहने विद्यार्थीको लागि विद्यार्थीको रुची, स्तर, क्षमता र दक्षता हेरेर हामी विषय छनौट तथा करियर काउन्सिलिङ गर्छौं । विद्यार्थीले पढाई सकेपछि त्यसै बस्न नपरोस् र आफ्नो क्षमता अनुसारको काम गर्न पाउन् र प्रोफेसनल बनुन् भन्ने हाम्रो चाहना हो । हामी त्यसै अनुसार नै काउन्सिलिङ गर्छौं ।

परामर्श व्यवसायको अवस्था कस्तो छ ?
परामर्श सेवा व्यवसायमा प्रतिस्पर्धा निकै बढेको छ । कन्सल्टेन्सी खुल्ने क्रम बढिरहेको छ । हामी यसबाट डराउनुपर्ने अवस्था भने छैन । हामीले दिने सेवा तथा परामर्श विश्वसनीय छन् । त्यसै अनुसार हामीले विद्यार्थी तथा अभिभावकको मायाँ पाएका छौं । हामीले नेपाल सरकार तथा अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त परामर्शदाताबाट परामर्श प्रदान गर्दै आइरहेका छौं । नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर हामीले संस्था संचालन गरेका छौं ।

अध्ययनका लागि विदेश गएपछि विद्यार्थी स्वदेश फर्कने चलन कस्तो छ ?                                                                                                          अहिले अध्ययनको लागि विदेश जाने क्रम बढिरहेको छ । बाहिर अध्ययन गरेर नेपाल फर्कने गरेको प्रशस्त उदाहरण हामी पाउछौं । अध्ययन पश्चात आफ्नो अनुभव लिएर फर्कने क्रम बढेको छ । कतिपय भने उतै सेटल भएको पनि हामी पाउछौं । बिडम्बना नेपालमा उनीहरुले आफ्नो क्षमता तथा दक्षता अनुसारको काम गर्न पाउँदैनन् । नेपालको अस्थिर राजनीति तथा सरकारको बेवास्ताका कारण आफ्नो सिप तथा क्षमता उनीहरुले यहाँ प्रस्तुत गर्न पाउँदैनन् । जसका कारण उनीहरु विदेश पलायन हुने गर्छन् । सरकारले यस विषयमा ध्यान दिनु आवश्यक छ । कतिपय भने नेपालमा नै संघर्ष गरेर काम गरिरहेका छन् । नेपालमा नै उनीहरुको लागि काम गर्ने वातावरण बनाएर दक्ष जनशक्ती पलायनको क्रमलाई रोक्नु आवश्यक छ ।

आइएलटिएस कक्षा पनि सञ्चालन गरिरहनुभएको छ । यो कस्तो कोर्ष हो ?
आइएलटिएस भनेको भाषा परीक्षा हो । क्याम्ब्रिज युनिभर्सिटी युकेले गराउने भाषा परीक्षा हो । अङ्ग्रेजी भाषा बोल्ने देशमा जान तथा अध्ययनको क्रममा भाषाको समस्या नहोस् भनेर यसलाई संचालन गरिएको हो । विद्यार्थीले कुन देशमा गएर कुन कोष तथा कुन लेबल पढ्ने हो त्यसै अनुसार यसको लेवल निर्धारण गरिएको हुन्छ । यसको टोटल नम्वर ९ रहेको हुन्छ । हामीले बिहानदेखि बेलुकासम्म नै कक्षा संचालन गरिरहेका छौं । विद्यार्थीलाई चाहिने सुविधाहरु हामीले प्रदान गर्छौैं । लाइब्रेरी उपलब्ध छ भने समय समयमा प्रिटेस्ट पनि हुन्छ । हामीसँग दक्ष तथा अनुभवी प्रशिक्षक हुनुहुन्छ । एसइइ दिएर बसेका तथा १२ कक्षाको परीक्षा दिएर बस्नुभएका विद्यार्थीलाई फुर्सदको समय सदुपयोग गर्दै आइएलटिएस कोर्ष गर्नुहुन म अनुरोध गर्दछु । भाषाको लेवल बढाउन यसले धेरै सहयोग गर्छ ।

अन्तमा के भन्न चाहानुहुन्छ ?
सम्पुर्ण विद्यार्थीहरु एवं अभिभावकहरु एक पटक हामीलाइ भेटेर आवस्यक परामर्श लिएर मात्र वैदेशीक अध्ययन जस्तो महन्त्वपुर्ण र गम्भिर निर्णय लिनको लागी म आग्रह गर्दछु भने तयारीको लागी पनि प्रशस्त समय लिएर तयारी गर्न आग्रह गर्दछु ।

You might also like
1 Comment
  1. keshav acharya says

    Great !
    Rudra Sir

Comments are closed.