काठमाडौं, १८ असोज । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ नेपाल अन्तर्गत रहेको लायन्स क्लब अफ बढिमालिकाले ललितपुरमा रहेको हाम्रो शोभागृहमा आश्रित वृद्धहरुका लागि खाद्यान्य सहयोग गरेको छ । करिव ५० हजार रुपैयाँँ बराबरको खाद्यान्य वितरण गरिएको क्लबका अध्यक्ष तारामान धामीले जानकारी दिए । संस्थाले वृद्धवृद्धालाई गरेको सेवाको प्रशंसा गर्दै धामीले सहयोगलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै डिष्ट्रिक्टका सिनियर एडभाइजर अमरबहादुर श्रेष्ठले क्लबले मानव सेवाको क्षेत्रमा गरेको काम सह्रानीय भएको बताए । क्लबले मानवीय सेवाको क्षेत्रमा आफ्ना गतिविधी सशक्त रुपमा संचालन गर्दै आइरहेको भन्दै उनले सामाजिक कामलाई थप रचनात्मक बनाउँदै अगाडि बढ्न सुझाव दिए ।

क्लबले हंगर रिलिफ, मधुमेह, दृष्टि, वातावरणका क्षेत्रमा काम गर्दै आइरहेको छ । हाल उक्त वृद्धाश्रममा १० जना वृद्धवृद्धा छन् । ४ वर्ष पहिलादेखि संस्था वृद्धवृद्धाको सेवामा तल्लिन रहेको संस्थाका संचालक सुरज अर्यालले जानकारी दिए ।