शौचालय निर्माण र छात्रवृत्ति कोष स्थापना

लेखनाथ, २७ जेठ ।

लायन्स क्लब अफ पोखरा पिस चौतारीले नेपाल लायन्स फाउन्डेसनको आर्थिक सहयोगमा पोखरा लेखनाथ २६ बुढिबजार तालबेसीमा क्रियापुत्री भवनको लागि शौचालय तथा खानेपानीको व्यवस्था गरेको छ । करिब दुई लाख पचास हजार रुपैयाँ लागतमा शौचालय तथा खानेपानीको सुविधा उपलब्ध गराइएको  छ। ५० हजार रुपैयाँ नेपाल लायन्स पाउण्डेसनको सहयोग र अन्य रकम स्थानीय स्रोतबाट जुटाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट ३२५ बि १ नेपालका डिस्ट्रिक्ट गभर्नर धनराज आचार्यले आइतबार एक कार्यक्रमका बीच शौचालय हस्तान्तरण गरे ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तथा रिजन चियरपर्सन बिनोद ढुङगानाले पिता डिल्लिरमण ढुङगानाको स्मृतिमा ‘स्व. डिल्लिरमण ढुङगाना लायन्स छात्रबृद्धि कोष’ घोषणा गरेका छन् । कोषमा २ लाख रुपैयाँ छ । अमरज्योति आधारभूत विद्यालयका गरिब तथा जेहेन्दार सुदिप सुनार तथा शान्ति बिकलाई एक वर्षको लागि स्कूल पोसाक तथा शैक्षिक खर्च पुग्ने गरी १०÷१० हजार ढुङ्गानाले रकम हस्तान्तरण गरेका छन् ।

पिताको स्मृतिमा हरेक वर्ष दुई जना गरिब विद्यार्थीलाई पठनपाठनको जिम्मा लिएको उनले बताए । विद्यार्थी छनोटको जिम्मेवारी स्कूल व्यवस्थापन समितिलाई दिइएको ट्रस्टका ट्रस्टी ढुङ्गानाले जानकारी दिए ।

कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर धनराज आचार्य, फस्ट भिडिजी इलेक्ट ईन्दु लम्साल, सेकेन्ड भिडिजी इलेक्ट मन बहादुर रोका, क्याबिनेट सचिव चण्डी आर्याल, कोचिफ एडभाइजर विशेश्वर आचार्य, सिनियर ए.ओ.जी. दुर्गा हुमागाईं, समाजसेवी डिल्लिराज ढुङगाना, नेपाल रेडक्रस सोसाइटी कास्कीका निबर्तमान सभापति बामदेव ढुङ्गाना, समाजसेवी सूर्य भण्डारी लगायतले बोलेका थिए । कार्यक्रम लायन्स क्लब अफ पोखरा पिस चौतारीका अध्यक्ष जीवन बहादुर क्षेत्रीको सभापतित्वमा भएको थियो भने सञ्चालन सचिव भारत गिरीले गरेका थिए ।

You might also like

Comments are closed.