श्रम स्वीकृति अब पोखराबाटै

पोखरा, २५ पुस । श्रम स्वीकृतिका लागि राजधानी काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । बिहीबारदेखि पोखराबाटै श्रम स्वीकृति लिन सकिने भएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पोखराबाटै श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको हो ।

यस अगाडि बुटवल र जनकपुरबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था सरकारले मिलाइसकेको थियो । पोखराको सहिदचोकमा रहेको श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति लिन सकिनेछ । सेवाको उद्घाटनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको समेत उपस्थिति रहने बताइएको छ ।

You might also like

Comments are closed.