श्रीजनशील बालसेवा परिवारलाई काठमाडौं घाँसी नेपालद्वारा खाद्यान्न सहयोग

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं घाँसी नेपालको आयोजनामा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको गोठाटारमा रहेको श्रीजनशील बालसेवा परिवारलाई क्लबले मंगलबार एक कार्यक्रमबीच खाद्यान्न वितरण गरेको हो । आश्रममा २० बालबालिका आश्रित छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका गभर्नर मनबहादुर रोकाले घाँसी नेपालले सामाजिक क्षेत्रमा रचनात्मक कार्यक्रमहरु गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रमलाई सफल पार्न जोन चियरपर्सन तथा क्लबका निवर्तमान अध्यक्ष रोजिना श्रेष्ठ, क्लबका कोषाध्यक्ष प्रतिभा निरौला, क्लब सर्भिस चियरपर्सन राजेन्द्र श्रेष्ठ, डाइरेक्टर अरुणा श्रेष्ठ लगायत घाँसी क्लबका सदस्यहरुले सहयोग गरेका थिए ।

कार्यक्रममा डिष्ट्रिक्टका सेकेण्ड भाइस गभर्नर महेन्द्र पौडेल, चिफ एडभाइजर मणिश्रीरत्न बज्राचार्य, क्लस्टर प्रमुख राम राजा थापा लगायत उपस्थिति थिए । क्लबका अध्यक्ष दीपिका पोखरेलको अध्यक्षमा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.