श्रृङखला खतिवडा मिस वल्र्डको फाइनल राउण्डमा

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै मिस वल्र्ड (विश्व सुन्दरी) प्रतियोगितामा सहभागी श्रृङखला खतिवडा १३औं समूह बिजेता बनेकी छन् । चीनमा भइरहेको प्रतियोगीताको १३ औं समूह विजेता बन्दै खतिवडा सेमिफाइनल राउन्डमा पुगेकी हुन् ।

नेपाल सुन्दरी अन्तिम २० मा पुग्नुलाई ठूलो सफलता मानिएको छ । एक सय २० जनामध्य अन्तिम २० मा पुगेकी उनले अब अन्तिम १० जनामा पर्नका लागि मेहनत गर्नुपर्नेछ ।

समूह १३ मा ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै फाइनल राउन्डमा प्रवेश गरेकी खतिवडाले सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेकी छन् ।

You might also like

Comments are closed.