संगम सहकारीका कर्मचारीको अध्ययन अवलोकन भ्रमण सम्पन्न

 

पोखरा, १ चैत

पोखरा–१५ , रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारीहरुको भ्रमण फाल्गुण सम्पन्न भएको छ । चितवन, नवलपरासी हुँदै भैरहवामा रहेका विभिन्न सहकारीहरुको अध्ययन÷अवलोकन गरी म्रमण टोली पोखरा फर्किएको हो ।
संस्थाका वरिष्ठ व्यवस्थापक अपिल कोइरालाको नेतृत्वमा गएको टोलीमा ९ जना कर्मचारीहरुको सहमागिता थियो ।

संस्थाले नवलपरासीको विकु सहकारी साथै भैरहवा , कोटिहवा स्थित जनउत्थान सहकारीको भ्रमण गरी जनउत्थान सहकारीका व्यवस्थापक रन बहादुर थापाबाट कर्मचारीका लागि १ दिने व्यवस्थापन प्रशिक्षण तालिम संचालन गरिएको थियो ।

संस्था निति , विधी र प्रविधिलाई आत्मसाथ गर्दै दिगो संस्था र समृद्घ सदस्य बनाउने लक्ष्यमा अगाडि बढ्दै गर्दा यस प्रकारका भ्रमणहरुले कर्मचारीहरुलाई थप ताजगीका साथ क्षमतावान बनाउँदै लैजाने विश्वासका साथ आगामी दिनहरुमा यस्तै प्रकारका भ्रमणहरु बार्षिक रुपमा संचालन गरिने बताईएको छ ।
हाल संस्थाको शेयर पुँजी ७ करोड , बचत २६ करोड , ऋण लगानी २७ करोड र कुल कारोबार ३७ करोड रहेको वरिष्ठ व्यवस्थापक अपिल कोईरालाले जानकारी दिए ।

You might also like

Comments are closed.