संगम सहकारीको युथ सोसाइटीमा सञ्जय

आर्थिक आवाज
पोखरा, ७ भदौ । संगम बचत तथा ऋण सहकारी संस्था लि. रामबजार पोखराद्वारा गठित ‘संगम युथ सोसाइटी’ संयोजकमा सञ्जय बरालको चयन भएका छन् । शनिबार आयोजित भेलाबाट सहकारीका सेयर सदस्य बरालको नेतृत्वमा सर्वसम्मत सोसाइटी स्थापना भएको हो ।

सोसाइटीका सदस्यहरुमा नविन पौडेल, किरण कुँवर, बिजय क्षेत्री, सेलिना थापा, आसा थापा र अपार कृष्ण बानियाँ रहेको सहकारीका वरिष्ठ प्रवन्धक अपिल कोइरालाले जानकारी दिए ।

You might also like

Comments are closed.