संगम सहकारीको वार्षिकोत्सव

पोखरा, २२ चैत ।

संगम बचत तथा ऋण सहकारी संस्था लि.रामबजार पोखराले ‘संगम दर्पण’ नामको सहकारी बुलेटिन र २०७५ सालको भित्ते पात्रो विमोचनका साथै उत्कृष्ट शेयर सदस्य तथा कर्मचारीलाई पुरस्कृत गर्दै दशौं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला बसोबास व्यवस्थापन समिति कास्कीका अध्यक्ष एवं संस्थाका सल्लाहकार ऋषिराम काफ्ले र संस्थाका अध्यक्ष निरज थापाले संयुक्त रुपमा बुलेटिन र भित्तेपात्रो विमोचन गरेका हुन् । सोही कार्यक्रममा रामबजारमा रहेको ज्ञानज्योति पुस्तकालयको स्वर्ण महोत्सवको सन्दर्भ पारेर सहकारीले पुस्तकालयलाई एकथान दराज सहयोग गरेको छ ।

यो वर्ष उत्कृष्ट भई पुरस्कृत हुनेहरुमा बचतकर्ता शोभा कुँवर, दैनिक बचतकर्ता भविन्द्र विश्वकर्मा, बाल बचतकर्ता सितास्मा के.सी., जेष्ठ नागरिक बचतकर्ता श्याम कुमार कुँवर, ऋण कारोवारी ताल कुमारी थापा, संचालक भरत बहादुर थापा, सुझावकर्ता डा.मनबहादुर पुन र कर्मचारी विकल्प कुँवर रहेको शिक्षा उपसमिति संयोजक तिलक थापाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि काफ्लेले यस सहकारी प्रोवेसनमा जाने निर्णय गरी कार्यान्वयन तर्फ अघि बढेकोमा प्रशंसा गर्दै रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम भएको बताए । सहकारीका प्रत्येक अंगले राम्रोसँग काम गरे नगरेको पत्ता लगाई बेलैमा सुधार गर्दै जानको लागि प्रोवेसन राम्रो पद्धति भएको उनको भनाई थियो ।

कार्यक्रममा यम बहादुर रानाभाट, दयाराम गौतम, ख्याम नारायण पौडेल, माधव बराल, हरिकृष्ण कुँवर, डा.मनबहादुर पुन, विष्णुकुमारी थापा, अपिल कोइराला लगायतले मन्तव्य राखेका थिए । धनराज पुरीको संचालनमा भएको कार्यक्रम अध्यक्ष निरज थापाको अध्यक्षतामा भएको थियो ।

You might also like

Comments are closed.