संघ र प्रदेशको योजना हेरेर स्थानिय तहले योजना बनाऊ ः मुख्यमन्त्री

पोखरा, फागुन ५

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघ, प्रदेश र स्थानिय तहको योजना एउटै हुनुपर्ने बताएका छन् । कास्की जिल्ला स्तरीय समन्वय तथा समीक्षा बैठकलाई आइतबार पोखरामा सम्बोधन गर्दै उनले तीनै तहका सरकारको योजना एउटै एउटै भएमात्र उद्धेश्य पूरा हुने बताउँदै भने,‘एउटा सरकार एकातिर फर्केको छ, अनि अर्को सरकार अर्कोतिर फर्केको छ, यसरी फरक फरक तिर फर्केर त उद्धेश्यमा पुग्न सकिन्न ।’ प्राथमिकता फरक फरक भएपनि उद्धेश्य एउटै हुनुपर्ने बताउँदै उनले थपे,‘अब तपाईंहरुले संघ र प्रदेश सरकारले जे योजना बनाउँछ, त्यसलाई सहयोग गर्नेगरी तपाईंहरुले पनि त्यहि योजना बनाउनुस् ।’

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले अबको १२ वर्षमा प्रदेशमा प्रति व्यक्ति आय ६ हजार डलर भन्दा बढी पु¥याउने दाबी गरे । अबको ५ वर्षभित्रमा २५ सय डलर पु¥याउने संघ सरकारको योजना रहेको बताउँदै उनले भने,‘संघ सरकारको यो योजनालाई सफल बनाउन गण्डकी प्रदेश सरकारले यो भन्दा बढी पु¥याउनुपर्छ, नत्र त कर्णाली प्रदेश, सूदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति आय कम हुन्छ, त्यसको भरथेग गण्डकी प्रदेशले नै गर्ने हो, हामी त्यो गर्छौं ।’

You might also like

Comments are closed.