संचयकोष आवास उपभोक्ता समितिमा नयाँ नेतृत्व

पोखरा, १० मंसिर । सञ्चयकोष आवास उपभोक्ता समितिको आठौं साधारणसभा तथा अधिवेशनले रुद्रप्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी गिरी, सचिवमा कीर्तिवल्लभ त्रिपाठी, कोषाध्यक्षमा वसन्त सुवेदी, सहसचिवमा कुलचन्द्र पौडेल र सदस्यहरुमा यम बहादुर गुरुङ, लक्ष्मी पन्थी, विजय बहादुर वस्नेत, रामकृष्ण अधिकारी, मोहन कार्की, शान्ति भट्टराई, सेरप गुरुङ र बर्षा राना चयन भएका छन् ।

प्रमुख अतिथी कर्मचारी सञ्चयकोष शाखा कार्यालय कास्कीका प्रमुख दिलीपराज पौडेलले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यसमितिको बैठकले लोकनाथ ढुंगाना, सुबास ढुंगाना, लालबहादुर राना, बोधराज पौडेल, रोहिणी भट्टराई, बाबुराम बराल, कमलराज अधिकारीलाई सल्लाहकारमा चयन गरेको छ ।

You might also like

Comments are closed.