संचारकर्मी गुरुङले दिईन् घरभाडामा छुट

पोखरा ।
वरिष्ठ संचारकर्मी शान्ति गुरुङले घरभाडा वापतको रकम करिव ४ लाख रुपैयाँ छुट गरेकी छन् । कोरोना भाईरसको संक्रमण फैलिएपछि आर्थिक क्षेत्रमा परेको असरका कारण उनले चैत देखी असोज सम्मको घरभाडा छुट गरेकी हुन् ।

कोरोना स.क्रमणका कारण परेको असर र सरकारले संक्रमण रोक्नको लागि गरेको पहललाई साथ दिन उक्त निर्णय गरेको घरधनी शान्ति गुरुङले बताईन्  ।

चैतदेखी असोज महिना सम्मको भाडामा ३ महिनाको पुर्ण छुट र ४ महिनाको भाडा आधा मात्र लिने तथा कात्र्तिक पछि पनि यस्तै अवस्था रहेमा बत्ति र पानीको मात्र बुझाउने र अवस्थामा सुधार आएमा तदअनुशार नै गर्ने सहमति भएको पोखरा जाभा कफि हाउसका संचालक एकराज न्यौपानेले जानकारी दिए ।

You might also like

Comments are closed.